Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

डेक्स

डेक्स

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा 

नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा शनिवार नेपालगंज सम्पन्न भएको छ ।

सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभासद् एवं प्रमुख अतिथि माननीय मीना श्रेष्ठले क्षयरोग निवारणका लागि यस संस्थालाई प्रयोगशालाको लागि उपकरण उपलब्ध गराइएको जानकारी दिँदै संस्थागत विकासमा जोड दिनुभयो । 

नेपाल क्षयरोग निवारण संस्था (नाटा) की पूर्वसभापति शान्ति श्रेष्ठले आफ्नो नेतृत्व हस्तान्तरण गरे पछि जस्तो अवस्थामा संस्था आगाडी बढनु पर्ने त्यो नभएकोमा चिन्ता व्यक्त गर्नु भयो । 

नाटाका पूर्वसभापति पूर्णलाल चुकेले आर्थिक श्रोतको अभावका कारण चाहेर पनि कार्यक्रम गर्न कठिनाई भैरहेको कुरा उल्लेख गर्दै तर, क्षयरोग विरूद्धको अभियानमा शाखा निरन्तर लागिपरेको र  हामी निष्कृय नभएको बताउनुभयो । 

आइ।एन।एफ। बाँकेका कार्यक्रम प्रमुख मंगल थारुले विगत लामो समयदेखि क्षयरोग निवारण संस्थासंग सम्बन्ध सहकार्य गर्दै  आएको र आगामी दिनमा पनि संगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  

सभामा आजीवन सदस्यता प्राप्त गरेका १३ जना नयाँ सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । हाल संस्थामा १ यशस्कर र २१५ जना आजीवन सदस्य रहेका छन् । 

आगामी दिनमा डट्स कार्यक्रम संचालन, क्षयरोगीको खोजी कार्यक्रम, विद्यालयमा जुनियर नाटा गठन, लक्षित वर्गसंग समन्वय गोष्ठी, आजीवन सदस्यता विस्तार लगायत कार्यक्रम प्रस्ताव गरिएको छ । 

नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका सभापति जनकराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नाटाकी केन्द्रीय सदस्य रचना श्रेष्ठ, निवर्तमान सभापति बदरुदीन अन्सारी लगायतले विचार व्यक्त गर्नु भएको थियो ।

बार्षिक प्रगति प्रतिवेदन संस्थाकी सहसचिव सन्ध्या शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्यामसुन्दर अधिकारीले प्रस्तुत गर्नु भएको र सभाबाट व्यापक छलफल पछि पारित गरिएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…