Pairabi logo

भदौ ०१, २०८३, सोमबार                    

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

डेक्स

डेक्स

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन
ADVERTISEMENT

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवको पाँच महिनामा रुसात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालगन्ज भन्सारले चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन ।

चालु आवको साउनमा रुएक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४।१४ प्रतिशत रुएक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रुएक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९।७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७।८३ प्रतिशत रुएक अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा रुदुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२।३० प्रतिशत रुएक अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३।४५ प्रतिशत रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व सङ्कलन भएको छ । 

कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३।६७ प्रतिशत, भदौमा लक्ष्यको ६६।६२ प्रतिशत, असोजमा ६६।९१ प्रतिशत, कात्तिकमा ७६।४४ प्रतिशत र मङ्सिरमा ७६।२७ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज नाका हुँदै चालु आवको पाँच महिनामा रु ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ। चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्म रु३० अर्ब ६६ करोड ८९ लाख ९० हजारबराबरको वस्तु तथा सामान आयात भएको हो । 

गत आव २०८१/८२ को सोही अवधिमा रु २९ अर्ब आठ करोड ४५ लाख ४४ हजार बराबरको मालसामान आयात भएको थियो। नेपालगन्ज भन्सार कार्यालयबाट चालु आवको पाँच महिनामा रुएक अर्ब एक करोड ६३ लाख ८९ हजार बराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा रु ८८ करोड ६८ लाख ८२ हजारबराबरको मालसामान निर्यात भएको थियो।

चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल रु३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजारबराबरको कारोबार भएको छ। अघिल्लो आवको सोही अवधिमा रु२९ अर्ब ९७ करोड १४ लाख २६ हजारबराबरको कारोबार भएको थियो।

कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको पाँच महिनामा उस्तै रहेको छ। अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६।६८ रहेकोसूचना अधिकारी खड्काले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

लोकप्रिय

यो पनि

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…