Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

डेक्स

डेक्स

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज
ADVERTISEMENT

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् । खासगरी यहाँ रहेका तारे होटलले ‘क्रिसमस डे’ बाट लागू हुनेगरी र साना होटलले खाना तथा आवासमा छुट दिनेगरी प्याकेज बनाएका हुन् । 

नेपालगञ्जको कारकाँदोमा रहेको तारे होटल सिद्धार्थ भ्यूले ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै आवास तथा खानमा विशेष छुटको घोषणा गरेको छ । होटलका प्रबन्धक बद्री कोइरालाले खानामा १५ प्रतिशत र आवासमा ४० प्रतिशत छुट रहेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगन्तुक पाहुनाले कस्तो प्याकेज मन पराउनुहुन्छ । त्यस्तै प्रकारको प्याकेज पाउन सक्नुहुन्छ ।” 

सो प्याकेज यही पुस १० देखि १७ गतेसम्म एक साताका लागि रहने कोइरालाको भनाइ छ ।  प्रबन्धक कोइरालाले बुधबार हुने ‘न्यू इअर इभ’ मा चर्चित गायक प्रकाश सपुतलगायतका कलाकारको प्रस्तुति रहने जानकारी दिनुभयो । 

अर्को तारे होटेल स्टार लाइटले पनि ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै छुटको घोषणा गरेको छ । सो कार्यक्रममा प्याकेज अनुसारको छुट रहेको उल्लेख गर्दै आवासमा समेत छुट दिन सकिने जनाएको छ । 

होटेल पौवाले अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गर्दै खानामा प्याकेज अनुसार छुट दिने जनाएको छ । पौवाका प्रबन्धक गिरीराज पाण्डेले विशेष आकर्षक प्रस्तुतिसहित सुपथ मूल्यमा खानाको स्टल लगाइने र ग्राहकले आफ्नो क्षमताअनुसार खानामा खर्च गर्ने बताउनुभयो । 

त्यसैगरी सुनाखरी होटलले ‘न्यू इअर इभ’का लागि खानामा २० प्रतिशत छुट दिने भएको छ । सुनाखरी होटेल तथा रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले दुई दिनका लागि सुप लगायतका केही परिकार निःशुल्कसमेत हुने उल्लेख गर्नुभयो ।

यस बाहेक यहाँ रहेका होटलहरु कलपतरु, सिटी प्यालेस, वाटिका, स्नेहा लगायतले बर्सेनि विभिन्न कार्यक्रमसहित ग्राहकलाई खाना तथा अवासमा छुट दिने गरेका छन् । यहाँका तारे होटेलका ग्राहक अधिकांश भारतीय हुने गर्छन् । 

होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, बाँकेका उपाध्यक्ष रेशम पोखरेलले जिल्लामा दर्ता भएका होटेल ६५० र अन्यसहित एक हजार ५०० को हाराहारीमा साना तथा ठूला होटेल भएको जानकारी दिनुभयो । 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…