Pairabi logo

असोज २६, २०८३, सोमबार                    

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

डेक्स

डेक्स

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर
ADVERTISEMENT

बाँके, ८ पुस : नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव फागुन २१ गते नै हुनेपर्ने बताउनुभएको छ ।  

नेपाली काँग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्ती एव नेपाली काँग्रेस बाँकेद्वारा निर्माण भएको सुशील कोईराला स्मृति भवनको आज यहाँ उद्घाटन गर्दै सहमहामन्त्री राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेकाले आपसी मतभेद बिर्सेर सिंगो नेपाली काँग्रेस फाल्गुण २१ गतेका लागि तोकिएको निर्वाचनमा जुट्नु पर्ने बताउनुभयो । 

सहमहामन्त्री राठौरले काँग्रेसले ८० वर्ष संघर्ष गरेर सुनिश्चित गरेको लोकतन्त्र र जनताको अधिकार अप्ठेरोमा परेकाले त्यसलाई ट्रयाकमा ल्याउन निर्वाचन सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो । 

उहाँले हाल जारी क्रियाशील सदस्यता वितरणसहित पार्टी महाधिवेशनलाई पनि फाल्गुन २१ मा देश र पार्टीलाई विजयी बनाउने अभियानका रुपमा अघि बढाउन आग्रह गर्नुभयो । 

उहाँले काँग्रेसको नेतृत्वमा जनअधिकारको बहाली, शान्ति स्थापना तथा विकासका काम भए पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको सेवाका लागि खोलिएका कार्यालयहरुलाई जनतामैत्री बनाउन नसकिएका कारण जनतामा असन्तुष्टि बढेको उल्लेख गर्नुभयो । 
    
उहाँले भन्नुभयो–‘जनताको असन्तुष्टि र आकाँक्षा सम्वोधन गर्न काँग्रेसले नै पहलकदमी लिनु पर्छ ।’ आज नेपालमा मात्र नभई विश्वमै भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा पेचिलो बनेको छ, यो अवस्थामा कसैले भन्दैमा विद्यमान परिस्थितिमै आजका भोलि सबै समस्या समाधान हुन्दैन,’ भन्नुभयो । 

सहमहामन्त्री राठौरले दलहरुले कानूनको कार्यान्वयन र जीवनशैलीमा परिवर्तनलाई मुद्दाकै रुपमा अघि बढाएर मुलुकमा सुशासन दिनु पर्ने जोड दिदैै उहाँले स्वर्गीय नेताहरु कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले अपनाएको र देखाएको सादाजीवन ः उच्च विचारको परिपालना नै मुलुकलाई सुशासन, सामाजिक न्याय र राष्ट्रहितको मार्ग पहिल्याउने उपयुक्त बाटो भएको बताउनुभयो । 

जिल्ला पार्टी सभापति नारायण गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दिपक गिरी, सञ्जय गौतम गोपाल दहित र मान बहादुर बिक लगायतले बोल्नुभएको थियो । 

रु १ कराड २० लाखको लागतमा काँग्रेस बाँकेले लिफ्टसहितको तीन तले पार्टी कार्यालय निमार्ण गरेको सचिव सुधाम्सु कोइरालाले जानकारी दिनुभयो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…