Pairabi logo

पुस १९, २०८२, शनिबार                    

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

डेक्स

डेक्स

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर
ADVERTISEMENT

दांग । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताउनु भएको छ । 

काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्वोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताउनु भयो । 

काँग्रेसमा वीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादकै पालामा पनि गुट एवं आन्तरिक प्रतिस्पर्धा हुने गरेको, त्यो आज पनि रहेको र भोलि पनि रहने बताउनु भयो । काँग्रेसमा गुट एवं आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो तर त्यसको नाममा  चार तारे झण्डा र रुख चिन्हमाथि अहित हुने काम कसैले गर्न पाउँदैन  उहाँले भन्नुभयो । 

राज्यका तीन वटै अंग जलाइएको, दर्जनौं नेपाली मारिएको, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिएको, सभापति शेरबत्रहादुर देउवा र नेतृ आरजु राणामाथि आक्रमण गरिएका बेला संयमता देखाउनु पर्नेमा पार्टीकै नेताहरुद्धारा अमर्यादित क्रियाकलाप प्रस्तुत गरिएको भन्दै नेता राठौरले आक्रोश व्यक्त गर्नुभयो । 

आफूहरुले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेको तर उहाँहरु, उहाँहरुको योगदानको अवमूल्यन कहिल्यै नगरेको सहमहामन्त्री राठौरले बताउनु भयो । 

पार्टीले १५ औं महाधिवेशन र आमनिर्वाचनको तयारी संगसंगै अघि बढाएको जानकारी दिनु हुँदै सिद्धान्त, आस्था र संगठनले जित्ने पार्टी नेतृत्व र काँग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता सक्रिय हुनु पर्ने उहाँले बताउनु भयो ।

ताजा

सबै

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

लोकप्रिय

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…