Pairabi logo

माघ १४, २०८२, मंगलबार                    

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

डेक्स

डेक्स

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम
ADVERTISEMENT

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन–१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ । क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । 

तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५र१५ गरी ३० जना सहभागीहरूले हरित व्यापार तथा सूक्ष्म उद्यम सञ्चालनका महत्वपूर्ण ज्ञान तथा सीपहरु प्राप्त गरेको परियोजनाका संयोजक राधे कृष्ण थारूले बताउनुभयो । 

प्रशिक्षक राज बहादुर चौधरीले प्रशिक्षण दिनु भएको सो तालिमको प्रशिक्षणका प्रमुख विषयहरूमा उद्यम विकास र आत्मरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास वृद्धि, जोखिम लिन सक्ने क्षमता तथा जोखिम न्युनिकरण उपाय, सफल उद्यमीका विशेषताहरू, सर्जनशीलता तथा बजार व्यवस्थापन, व्यावसायिक योजना तयार गर्ने तरिका, व्यवसाय स्थापना गर्न उपयुक्त स्थान पहिचान, लक्ष्य बजार, उत्पादन प्रक्रिया, कच्चा पदार्थको लागत तथा श्रम लागतको निर्धारण लगायत रहेका थिए ।  

ग्रीन इकोनोमी परियोजनाअन्तर्गत सञ्चालित सो तालिमले १८–२४ वर्ष उमेर समूहका युवतीहरूलाई सशक्त बनाउँदै रोजगारी तथा आत्मरोजगार सिर्जना गर्ने उद्देश्य राखेको जनाईएको छ । हरित व्यापार तथा सूक्ष्म उद्यम प्रवद्र्धनमार्फत पर्यावरण संरक्षण, विश्व तापक्रम वृद्धि न्यूनीकरण, प्रदूषण कमी, र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सो तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, महासचिव बुद्धेश कुमार जैसवाल, बोर्ड सदस्य मिना चौधरी र सपना परियार तथा साधारण सदस्य अनुप बर्मा लगायतको उपस्थिति रहेको थियो ।

सो तालिमका सहभागी अञ्जना चौधरीका अनुसार यस तालिमले सहभागिको आत्मविश्वास बढाएको छ । आत्मरोजगारले आत्मनिर्भर र समाजमा सम्मानजनक जीवन जिउन सक्षम बनाउने बिश्वास जगाएको छ । त्यस्तै अर्का सहभागी छोट रानी थारूका अनुसार यो तालिमले व्यवसाय योजना बनाउन आवश्यक सीप सिकाउनुका साथै सफल उद्यमी बन्न आवश्यक क्षमता विकास समेत गरेको छ । 
तालिमको सञ्चालनमा परियोजना अधिकृत राधेकृष्ण थारू, फिल्ड सुपरभाइजर सञ्जिता रिजाल र कञ्चन दहितको उल्लेखनीय भूमिका रहेको थियो ।  

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …