Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

डेक्स

डेक्स

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम
ADVERTISEMENT

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन–१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ । क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । 

तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५र१५ गरी ३० जना सहभागीहरूले हरित व्यापार तथा सूक्ष्म उद्यम सञ्चालनका महत्वपूर्ण ज्ञान तथा सीपहरु प्राप्त गरेको परियोजनाका संयोजक राधे कृष्ण थारूले बताउनुभयो । 

प्रशिक्षक राज बहादुर चौधरीले प्रशिक्षण दिनु भएको सो तालिमको प्रशिक्षणका प्रमुख विषयहरूमा उद्यम विकास र आत्मरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास वृद्धि, जोखिम लिन सक्ने क्षमता तथा जोखिम न्युनिकरण उपाय, सफल उद्यमीका विशेषताहरू, सर्जनशीलता तथा बजार व्यवस्थापन, व्यावसायिक योजना तयार गर्ने तरिका, व्यवसाय स्थापना गर्न उपयुक्त स्थान पहिचान, लक्ष्य बजार, उत्पादन प्रक्रिया, कच्चा पदार्थको लागत तथा श्रम लागतको निर्धारण लगायत रहेका थिए ।  

ग्रीन इकोनोमी परियोजनाअन्तर्गत सञ्चालित सो तालिमले १८–२४ वर्ष उमेर समूहका युवतीहरूलाई सशक्त बनाउँदै रोजगारी तथा आत्मरोजगार सिर्जना गर्ने उद्देश्य राखेको जनाईएको छ । हरित व्यापार तथा सूक्ष्म उद्यम प्रवद्र्धनमार्फत पर्यावरण संरक्षण, विश्व तापक्रम वृद्धि न्यूनीकरण, प्रदूषण कमी, र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सो तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, महासचिव बुद्धेश कुमार जैसवाल, बोर्ड सदस्य मिना चौधरी र सपना परियार तथा साधारण सदस्य अनुप बर्मा लगायतको उपस्थिति रहेको थियो ।

सो तालिमका सहभागी अञ्जना चौधरीका अनुसार यस तालिमले सहभागिको आत्मविश्वास बढाएको छ । आत्मरोजगारले आत्मनिर्भर र समाजमा सम्मानजनक जीवन जिउन सक्षम बनाउने बिश्वास जगाएको छ । त्यस्तै अर्का सहभागी छोट रानी थारूका अनुसार यो तालिमले व्यवसाय योजना बनाउन आवश्यक सीप सिकाउनुका साथै सफल उद्यमी बन्न आवश्यक क्षमता विकास समेत गरेको छ । 
तालिमको सञ्चालनमा परियोजना अधिकृत राधेकृष्ण थारू, फिल्ड सुपरभाइजर सञ्जिता रिजाल र कञ्चन दहितको उल्लेखनीय भूमिका रहेको थियो ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…