Pairabi logo

असोज २६, २०८३, सोमबार                    

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

डेक्स

डेक्स

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा
ADVERTISEMENT

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय हो, विकल्पको होइन। सडकदेखि चेतनासम्मका चुनौतीबीच पनि बाँकेको नरैनापुर गाउँपालिकामा भने एउटा परिवर्तनको लहर चलेको छ — त्यो परिवर्तनको केन्द्रमा छिन् स्वास्थ्यकर्मी सामना क्षेत्री । नरैनापुर गाउँपालिका–१ मा स्वास्थ्यकर्मी सामना क्षेत्रीको समर्पणले गाउँभरि नयाँ जीवनको उज्यालो फैलिएको छ ।

स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री नवजात शिशुको स्वास्थ्य परीक्षणमा व्यस्त देखिनुहुन्छ । उहाँका स्नेहिल हात र आत्मीय मुस्कानले आमाहरूमा निश्चिन्तता भरिदिन्छ । यही ममता र सेवा–भावनाले गाउँका परिवारहरूमा स्वास्थ्यप्रतिको भरोसा पुनः जागृत भएको छ । कुनै बेला जोखिम मोलेर घर भित्रै बच्चालाई जन्म दिने आमाहरु सामानको प्रेरणाले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने गरेका छन् । जसले गर्दा मातृमृत्यु दरमा कमी आएको छ ।

रातको सन्नाटा होस् वा बिहानको हतार, सामना र उनका सहकर्मीहरू प्रसूति सेवादेखि नवजात शिशुको रेखदेखसम्म निरन्तर खटिरहेका छन् । स्वास्थ्यकर्मीहरुका लागि सेवा नै धर्म बनेको छ । सामना क्षेत्री भन्नुहुन्छ “नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति सेवा र मातृस्वास्थ्य सचेतनाका कारण ग्रामीण महिलाहरू अहिले स्वास्थ्य सेवाप्रति बढी आत्मविश्वासी भएका छन्।”

उहाँका अनुसार चालु आर्थिक वर्षको चार महिनामै ७३ जना नवजात शिशुको जन्म सो स्वास्थ्य चौकीमार्फत भएको छ । स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यका अनुसार, “हामी प्रत्येक आमालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निरन्तर प्रयासरत छौँ ।”

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले भन्नुभयो, “सहरका ठूला अस्पतालमा जस्तो सेवा गाउँमै दिन सक्ने दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अहिले हाम्रा स्वास्थ्य चौकीहरू २४ घण्टै सेवा दिइरहेका छन् ।” गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो, “स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले गाउँको स्वास्थ्य क्षेत्रको रूपान्तरण भएको छ। स्थानीय सरकार गठनपछि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आम नागरिकको पहुँच फराकिलो बनेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले वडा अध्यक्ष र स्थानीय इकाइहरूलाई अझ जिम्मेवार बन्न आग्रह गर्दै भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सबैको साझा उत्तरदायित्व आवश्यक छ ।” नरैनापुरका बासिन्दाहरू गर्वका साथ भन्छन्, “अब सहर जानु पर्दैन, हाम्रो गाउँमै जीवनको रक्षा गर्ने हातहरू छन्।”

नरैनापुर–६ का स्वास्थ्य चौकी इन्चार्ज भरत गोराथोकीले साउनदेखि कार्तिक २४ गतेसम्म ८० जना आमाहरूले सुरक्षित रूपमा नवजात शिशुको जन्म दिएको जानकारी दिनुभयो ।

त्यस्तै, स्वास्थ्य संयोजक कर्णका अनुसार नरैनापुर–२ मा साउनदेखि असोजसम्म ४९ जना, र वडा नं। ४ मा ७३ र वडा नं ५ मा ८९ जना आमाले सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन् । तर, सबै वडामा अवस्था समान छैन। केही वडाहरूमा वडा अध्यक्षको लापरवाहीले स्वास्थ्य संस्थाको रकम निकासा ढिलाइका कारण स्वास्थ्यकर्मीहरूलाई टार्चको उज्यालोमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको छ।

यसबारे प्रमुख प्रशासकीय अधिकृत वलीले भन्नुभयो, “स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिँदै उहाँले आवश्यक रकम तत्काल निकासा गरी सेवा सुचारु राख्न सबैले जिम्मेवारी निभाउनुपर्छ।”

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…