Pairabi logo

पुस २९, २०८२, मंगलबार                    

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

डेक्स

डेक्स

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा
ADVERTISEMENT

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय हो, विकल्पको होइन। सडकदेखि चेतनासम्मका चुनौतीबीच पनि बाँकेको नरैनापुर गाउँपालिकामा भने एउटा परिवर्तनको लहर चलेको छ — त्यो परिवर्तनको केन्द्रमा छिन् स्वास्थ्यकर्मी सामना क्षेत्री । नरैनापुर गाउँपालिका–१ मा स्वास्थ्यकर्मी सामना क्षेत्रीको समर्पणले गाउँभरि नयाँ जीवनको उज्यालो फैलिएको छ ।

स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री नवजात शिशुको स्वास्थ्य परीक्षणमा व्यस्त देखिनुहुन्छ । उहाँका स्नेहिल हात र आत्मीय मुस्कानले आमाहरूमा निश्चिन्तता भरिदिन्छ । यही ममता र सेवा–भावनाले गाउँका परिवारहरूमा स्वास्थ्यप्रतिको भरोसा पुनः जागृत भएको छ । कुनै बेला जोखिम मोलेर घर भित्रै बच्चालाई जन्म दिने आमाहरु सामानको प्रेरणाले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने गरेका छन् । जसले गर्दा मातृमृत्यु दरमा कमी आएको छ ।

रातको सन्नाटा होस् वा बिहानको हतार, सामना र उनका सहकर्मीहरू प्रसूति सेवादेखि नवजात शिशुको रेखदेखसम्म निरन्तर खटिरहेका छन् । स्वास्थ्यकर्मीहरुका लागि सेवा नै धर्म बनेको छ । सामना क्षेत्री भन्नुहुन्छ “नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति सेवा र मातृस्वास्थ्य सचेतनाका कारण ग्रामीण महिलाहरू अहिले स्वास्थ्य सेवाप्रति बढी आत्मविश्वासी भएका छन्।”

उहाँका अनुसार चालु आर्थिक वर्षको चार महिनामै ७३ जना नवजात शिशुको जन्म सो स्वास्थ्य चौकीमार्फत भएको छ । स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यका अनुसार, “हामी प्रत्येक आमालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निरन्तर प्रयासरत छौँ ।”

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले भन्नुभयो, “सहरका ठूला अस्पतालमा जस्तो सेवा गाउँमै दिन सक्ने दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अहिले हाम्रा स्वास्थ्य चौकीहरू २४ घण्टै सेवा दिइरहेका छन् ।” गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो, “स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले गाउँको स्वास्थ्य क्षेत्रको रूपान्तरण भएको छ। स्थानीय सरकार गठनपछि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आम नागरिकको पहुँच फराकिलो बनेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले वडा अध्यक्ष र स्थानीय इकाइहरूलाई अझ जिम्मेवार बन्न आग्रह गर्दै भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सबैको साझा उत्तरदायित्व आवश्यक छ ।” नरैनापुरका बासिन्दाहरू गर्वका साथ भन्छन्, “अब सहर जानु पर्दैन, हाम्रो गाउँमै जीवनको रक्षा गर्ने हातहरू छन्।”

नरैनापुर–६ का स्वास्थ्य चौकी इन्चार्ज भरत गोराथोकीले साउनदेखि कार्तिक २४ गतेसम्म ८० जना आमाहरूले सुरक्षित रूपमा नवजात शिशुको जन्म दिएको जानकारी दिनुभयो ।

त्यस्तै, स्वास्थ्य संयोजक कर्णका अनुसार नरैनापुर–२ मा साउनदेखि असोजसम्म ४९ जना, र वडा नं। ४ मा ७३ र वडा नं ५ मा ८९ जना आमाले सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन् । तर, सबै वडामा अवस्था समान छैन। केही वडाहरूमा वडा अध्यक्षको लापरवाहीले स्वास्थ्य संस्थाको रकम निकासा ढिलाइका कारण स्वास्थ्यकर्मीहरूलाई टार्चको उज्यालोमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको छ।

यसबारे प्रमुख प्रशासकीय अधिकृत वलीले भन्नुभयो, “स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिँदै उहाँले आवश्यक रकम तत्काल निकासा गरी सेवा सुचारु राख्न सबैले जिम्मेवारी निभाउनुपर्छ।”

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

यो पनि

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…