Pairabi logo

असोज २१, २०८३, बुधबार                    

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

डेक्स

डेक्स

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान
ADVERTISEMENT

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा ‘स्टार एजेन्सी मिट–२०८२ सम्मान गरेको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगंज क्षेत्रिय कार्यालय अन्र्तगत शनिबार पौवा होटलमा सम्मान गरेको हो ।

विशेष कार्यक्रममा गत आर्थिक वर्षको विजनेशका आधारमा उत्कृष्ट अभिकर्ता सम्मान तथा एजेन्सी अभिमखीकरण गरिएको हो । कार्यक्रममा बाँके, बर्दिया, दाङ्ग, घोराही, सल्यान, र रोल्पालगायत कर्णाणी प्रदेश अन्र्तगत जिल्लाका उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीले अभिकर्ताको सिप अभिबृद्धिका लागि अन्र्तराष्ट्रिय प्रशिक्षक अरुनिको सिंहद्धारा सेल्स प्राविधिक ज्ञान प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले कम्पनीको योजना, बिजनेस गतिबिधि र भावि रणनितिको बारेमा प्रष्ट पार्दै भन्नुभयो–‘अभिकर्ता भनेको कम्पनीको मेरूदण्ड हो, यसमा व्यवसायिक अभिकर्ताहरूबाटै कम्पनीको भविष्य र अभिकर्ताको भबिष्य उज्वल बन्छ ।’ विभिन्न कल्व सुबिधा प्राप्त गर्न एमडिआरटी, सिओटी, टिओटीलगायत उच्च पदमा पुग्न उहाँले सबैलाई आग्रह गर्नुभएको थियो । 

कम्पनीका प्रमुख व्यापार अधिकृत संदिप कसजुले नेपालगंज क्षेत्र स्थापनाकालदेखि नै कम्पनी प्रथम स्थानमा रहेकोले यसमा सबै अभिकर्ताहरूको योगदानप्रति धन्यबाद दिदै कम्पनीका विभिन्न बिमा पोलिसिको बारेमा प्रष्ट पार्नुभएको थियो । 

 कसजुले नेपालगंज रिजन स्थापना कालदेखि नै ब्यापारमा कम्पनिकाे उत्कृष्ठ स्थानमा रहिरहेकाेले यसमा सबै अभिकर्ताहरूकाे याेगदान रहेकाेले सबैलाई धन्यबाद ब्यक्त गर्दै कम्पनिका विभिन्न बिमा पाेलिसिकाे बारेमा प्रष्ट पार्नुभयो । नेपालगंज रिजनबाट हरेक बर्ष विभिन्न कल्व सदस्य र MDRT मा उच्च रेकर्ड राखेकाे हुनाले यश आ व मा अझै राम्राे हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक तथा कर्णाली प्रदेश प्रमुख दिपक कुमार ओलीले स्वागत तथा शुभकामना दिदै तालिममा सिकेका कुरालाई आफ्नो व्यवहारमा उतारी व्यवसायिक रुपमा काम गर्न सम्पुर्ण अभिकर्ताहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा गत आवमा उत्कृष्ट विजनेश गर्नुभएका म्यानेजरहरुलाई सम्मान गरिएको थियो । जसमा टिम विजनेसतर्फ रोल्पा शाखाका पुष्पा आचार्य, सल्यान शाखाका सन्तोष आचार्य  र नेपालगन्ज शाखाका विशाल सुनार उत्कृष्ट सम्मान प्राप्त गर्नुभयो । 

यसैगरि सबैभन्दा बढी विमा पोलिसी विक्री गर्ने खजुरा शाखाका झलक कुमार चन्द, कोहलपुर शाखाका सृजना विक र घोराही शाखाका मनिष खड्कालाई सम्मान गरियो । 

यसैगरि सेल्फ कोड विजनेशतर्फ घोराही शाखाका मनिष खड्का, घोराही शाखाका दोवेन्द्र चौधरी र खजुरा शाखाका कृष्णराज आर्याललाई सम्मान गरिएको एजेन्सी म्यानेजर आलोक मिश्रले बताउनुभयो ।  कार्यक्रममा करिब दुई सय बढीको सहभागिता रहेको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…