Pairabi logo

पुस ०५, २०८२, शनिबार                    

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

डेक्स

डेक्स

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान
ADVERTISEMENT

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा ‘स्टार एजेन्सी मिट–२०८२ सम्मान गरेको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगंज क्षेत्रिय कार्यालय अन्र्तगत शनिबार पौवा होटलमा सम्मान गरेको हो ।

विशेष कार्यक्रममा गत आर्थिक वर्षको विजनेशका आधारमा उत्कृष्ट अभिकर्ता सम्मान तथा एजेन्सी अभिमखीकरण गरिएको हो । कार्यक्रममा बाँके, बर्दिया, दाङ्ग, घोराही, सल्यान, र रोल्पालगायत कर्णाणी प्रदेश अन्र्तगत जिल्लाका उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीले अभिकर्ताको सिप अभिबृद्धिका लागि अन्र्तराष्ट्रिय प्रशिक्षक अरुनिको सिंहद्धारा सेल्स प्राविधिक ज्ञान प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले कम्पनीको योजना, बिजनेस गतिबिधि र भावि रणनितिको बारेमा प्रष्ट पार्दै भन्नुभयो–‘अभिकर्ता भनेको कम्पनीको मेरूदण्ड हो, यसमा व्यवसायिक अभिकर्ताहरूबाटै कम्पनीको भविष्य र अभिकर्ताको भबिष्य उज्वल बन्छ ।’ विभिन्न कल्व सुबिधा प्राप्त गर्न एमडिआरटी, सिओटी, टिओटीलगायत उच्च पदमा पुग्न उहाँले सबैलाई आग्रह गर्नुभएको थियो । 

कम्पनीका प्रमुख व्यापार अधिकृत संदिप कसजुले नेपालगंज क्षेत्र स्थापनाकालदेखि नै कम्पनी प्रथम स्थानमा रहेकोले यसमा सबै अभिकर्ताहरूको योगदानप्रति धन्यबाद दिदै कम्पनीका विभिन्न बिमा पोलिसिको बारेमा प्रष्ट पार्नुभएको थियो । 

 कसजुले नेपालगंज रिजन स्थापना कालदेखि नै ब्यापारमा कम्पनिकाे उत्कृष्ठ स्थानमा रहिरहेकाेले यसमा सबै अभिकर्ताहरूकाे याेगदान रहेकाेले सबैलाई धन्यबाद ब्यक्त गर्दै कम्पनिका विभिन्न बिमा पाेलिसिकाे बारेमा प्रष्ट पार्नुभयो । नेपालगंज रिजनबाट हरेक बर्ष विभिन्न कल्व सदस्य र MDRT मा उच्च रेकर्ड राखेकाे हुनाले यश आ व मा अझै राम्राे हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक तथा कर्णाली प्रदेश प्रमुख दिपक कुमार ओलीले स्वागत तथा शुभकामना दिदै तालिममा सिकेका कुरालाई आफ्नो व्यवहारमा उतारी व्यवसायिक रुपमा काम गर्न सम्पुर्ण अभिकर्ताहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा गत आवमा उत्कृष्ट विजनेश गर्नुभएका म्यानेजरहरुलाई सम्मान गरिएको थियो । जसमा टिम विजनेसतर्फ रोल्पा शाखाका पुष्पा आचार्य, सल्यान शाखाका सन्तोष आचार्य  र नेपालगन्ज शाखाका विशाल सुनार उत्कृष्ट सम्मान प्राप्त गर्नुभयो । 

यसैगरि सबैभन्दा बढी विमा पोलिसी विक्री गर्ने खजुरा शाखाका झलक कुमार चन्द, कोहलपुर शाखाका सृजना विक र घोराही शाखाका मनिष खड्कालाई सम्मान गरियो । 

यसैगरि सेल्फ कोड विजनेशतर्फ घोराही शाखाका मनिष खड्का, घोराही शाखाका दोवेन्द्र चौधरी र खजुरा शाखाका कृष्णराज आर्याललाई सम्मान गरिएको एजेन्सी म्यानेजर आलोक मिश्रले बताउनुभयो ।  कार्यक्रममा करिब दुई सय बढीको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा स्टार एजेन्सी मि…