Pairabi logo

पुस १३, २०८२, आइतबार                    

साथ परियोजनामार्फत राप्ती सोनारीका महिलामा जागरुकतासंगै आत्मनिर्भर

डेक्स

डेक्स

साथ परियोजनामार्फत राप्ती सोनारीका महिलामा जागरुकतासंगै आत्मनिर्भर
ADVERTISEMENT

राप्ती सोनारी (बाँके) ९ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आईएनएफ नेपालले सञ्चालन गरेको मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजनाको उपलब्धी भएको पाइएको छ । 

राप्ती सोनारी गाउँपालिकाको वार्ड नं ५, ६ र ७ मा संचालित परियोजनाले समुदायमा मानव बेचविखनविरुद्धको सचेतना, आर्थिक आयआर्जनबाट महिला आत्मनिर्भर, आर्थिक बचत, पेशा व्यवसाय, सामाजिक जागरुकता बढेको पाइएको छ ।

सुशासन प्रर्बद्धन गर्ने उद्देश्यले परियोजनाको सामाजिक परिक्षण गरि सरोकारवाला समक्ष आज विहीबार एक कार्यक्रमका विच प्रतिबेदन सार्वजनिक गरिएको छ । आर्थिक वर्ष ०८१।०८२ मा सम्पन्न भएका विभिन्न क्रियाकलापले समुदायमा पारेको प्रभाव, उपलब्धी, समस्या चुनौती र सुझावसहितको प्रतिबेदन सार्वजनिक गरिएको हो । 

आइएनएफले संचालन गरेको परियोजनाका क्रियाकलापको उपलब्धीलगायतका बारेमा सार्वजनिक सुनवाई समेत गरिएको थियो । 
‘समाजिक परिक्षण कार्यविधी २०६७’ अनुसार लक्षित वर्ग तथा सरोकारवाला निकायसंग स्थलगत छलफलमार्फत परियोजनाको प्रभावबारे प्रतिबेदन तयार गरि लक्षित वर्गसंग छलफल गरिएको आइएनएफका परियोजना सुपरभाईजर हस्त विकले बताउनुभयो । उहाँले एक वर्षमा सम्पन्न गरिएको कार्यक्रमको प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुले संस्थाले संचालन गरेको गतिबिधीले यस क्षेत्रका महिलाहरुमा जागरुकतासंगै आर्थिक रुपमा आत्मनिर्भर बनाएको बताउनुभयो । उहाँले स्थानीय सरकार गर्ने काममा संस्थाले सहयोग गरेको धन्यवाद दिदै समाज जागरणको कार्य भएको भन्दै महिलाहरु सिप सिकेर व्यवसाय समेत गर्न थालेको खुशी व्यक्त गर्नुभयो । 

वडा सदस्य कमला विकले यस कार्यक्रममार्फत महिलाहरु समुहमार्फत लाखौ बचत गरिरहेकाले उक्त समुहलाई कानुनी रुपमा दर्ता गरि संचालन गर्नुपर्ने जोड दिदै कानूनी मान्यता नपाएपछि गरिने आर्थिक बचत गुम्ने खतरा बढ्न सक्ने बताउनुभयो । उहाँले महिला समुहलाई कानुनी बैधता दिएमा आर्थिक बचतको कार्य थप प्रभावकारी हुने बताउनुभयो । 

कार्यक्रममा पत्रकार राकेश कुमार मिश्रले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुतसंगै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । इन्टर¥याट्को सहयोगमा आइएनएफले ४ वर्षे साथ परियोजना सञ्चालन गरेको छ । 

परियोजनामार्फत मानव बेचबिखन र लैङ्गिक हिंसा बाल विवाह र सुरक्षित आप्रवासनको बारेमा समुदायमा जनचेतना अभिबृद्धि, मानव बेचबिखन र लैङ्गिक हिंसामा कमी, आर्थिक सशक्तीकरण, सुदृढ संरचना र प्रणाली,  समुदायको लचिलोपन विकास,  दिगो विकास र प्रतिफल मुख्य उपलब्धी हासिल गरिएको छ ।


 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…