Pairabi logo

असोज २१, २०८३, बुधबार                    

साथ परियोजनामार्फत राप्ती सोनारीका महिलामा जागरुकतासंगै आत्मनिर्भर

डेक्स

डेक्स

साथ परियोजनामार्फत राप्ती सोनारीका महिलामा जागरुकतासंगै आत्मनिर्भर
ADVERTISEMENT

राप्ती सोनारी (बाँके) ९ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आईएनएफ नेपालले सञ्चालन गरेको मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजनाको उपलब्धी भएको पाइएको छ । 

राप्ती सोनारी गाउँपालिकाको वार्ड नं ५, ६ र ७ मा संचालित परियोजनाले समुदायमा मानव बेचविखनविरुद्धको सचेतना, आर्थिक आयआर्जनबाट महिला आत्मनिर्भर, आर्थिक बचत, पेशा व्यवसाय, सामाजिक जागरुकता बढेको पाइएको छ ।

सुशासन प्रर्बद्धन गर्ने उद्देश्यले परियोजनाको सामाजिक परिक्षण गरि सरोकारवाला समक्ष आज विहीबार एक कार्यक्रमका विच प्रतिबेदन सार्वजनिक गरिएको छ । आर्थिक वर्ष ०८१।०८२ मा सम्पन्न भएका विभिन्न क्रियाकलापले समुदायमा पारेको प्रभाव, उपलब्धी, समस्या चुनौती र सुझावसहितको प्रतिबेदन सार्वजनिक गरिएको हो । 

आइएनएफले संचालन गरेको परियोजनाका क्रियाकलापको उपलब्धीलगायतका बारेमा सार्वजनिक सुनवाई समेत गरिएको थियो । 
‘समाजिक परिक्षण कार्यविधी २०६७’ अनुसार लक्षित वर्ग तथा सरोकारवाला निकायसंग स्थलगत छलफलमार्फत परियोजनाको प्रभावबारे प्रतिबेदन तयार गरि लक्षित वर्गसंग छलफल गरिएको आइएनएफका परियोजना सुपरभाईजर हस्त विकले बताउनुभयो । उहाँले एक वर्षमा सम्पन्न गरिएको कार्यक्रमको प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुले संस्थाले संचालन गरेको गतिबिधीले यस क्षेत्रका महिलाहरुमा जागरुकतासंगै आर्थिक रुपमा आत्मनिर्भर बनाएको बताउनुभयो । उहाँले स्थानीय सरकार गर्ने काममा संस्थाले सहयोग गरेको धन्यवाद दिदै समाज जागरणको कार्य भएको भन्दै महिलाहरु सिप सिकेर व्यवसाय समेत गर्न थालेको खुशी व्यक्त गर्नुभयो । 

वडा सदस्य कमला विकले यस कार्यक्रममार्फत महिलाहरु समुहमार्फत लाखौ बचत गरिरहेकाले उक्त समुहलाई कानुनी रुपमा दर्ता गरि संचालन गर्नुपर्ने जोड दिदै कानूनी मान्यता नपाएपछि गरिने आर्थिक बचत गुम्ने खतरा बढ्न सक्ने बताउनुभयो । उहाँले महिला समुहलाई कानुनी बैधता दिएमा आर्थिक बचतको कार्य थप प्रभावकारी हुने बताउनुभयो । 

कार्यक्रममा पत्रकार राकेश कुमार मिश्रले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुतसंगै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । इन्टर¥याट्को सहयोगमा आइएनएफले ४ वर्षे साथ परियोजना सञ्चालन गरेको छ । 

परियोजनामार्फत मानव बेचबिखन र लैङ्गिक हिंसा बाल विवाह र सुरक्षित आप्रवासनको बारेमा समुदायमा जनचेतना अभिबृद्धि, मानव बेचबिखन र लैङ्गिक हिंसामा कमी, आर्थिक सशक्तीकरण, सुदृढ संरचना र प्रणाली,  समुदायको लचिलोपन विकास,  दिगो विकास र प्रतिफल मुख्य उपलब्धी हासिल गरिएको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…