Pairabi logo

असोज २१, २०८३, बुधबार                    

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम

डेक्स

डेक्स

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम
ADVERTISEMENT

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ । 

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो । 

उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । 

यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं लेख्ने साहस र सम्मानपूर्ण जीवन जिउने आत्मविश्वास पनि दिएको छ । बाँसको सामाग्री निर्माणमा लागेका दुवै महिला आफ्नै स्थानीय बचत तथा ऋण सहकारी संस्थाकी सक्रिय सदस्य पनि हु्नुहुन्छ, जहाँ उहाँहरूले नियमित बचत र योगदानमार्फत आफ्नो परिवार मात्र होइन, सम्पूर्ण समुदायको आर्थिक सबलतामा सहयोग र प्रेरणा दिइरनु भएको छ ।

बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रीन इकोनोमी परियोजनाले बर्दियामा हरित रोजगारी सिर्जना गर्दै युवतीहरूलाई आत्मनिर्भर बनाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र समाजलाई हरित अर्थतन्त्रतर्फ उन्मुख गराउने अद्वितीय योगदान दिएको छ । बाँसका सामाग्री बनाउन व्यस्त गीता चौधरी गर्वका साथ भन्नुहुन्छ, “बाँस बेतका सामाग्री बनाएर आत्मनिर्भर भएपछि मैले मेरो छोराको शिक्षा र उचित हेरचाहमा सहयोग गर्न पाएकी छु । मेरा सासु–ससुरा र श्रीमान पनि निकै खुशी हुनुहुन्छ र मलाई अझ बढी सम्मान र माया दिन थाल्नु भएकोछ ।”

बर्दिया राजापुरकी इन्दिरा र गीताको यो नयाँ पेशागत यात्राले स्पष्ट देखाएको छ—सीप र अवसर समयमै प्राप्त गरे भने महिलाहरूले पनि अन्य सरह जीवन मात्र परिवर्तन गर्दैनन्, आफ्नो परिवार, समुदाय र सम्पूर्ण समाजलाई समेत उज्यालो भविष्यतर्फ अगाडि बढाउन सक्छन् । 

दुबै जनाको यो साहसिक र सफल यात्राले समुदायका अन्य युवति र महिलाहरुलाई पनि केही गरेर अगाडी बढ्ने प्रेरणा प्रदान गरेको छ । 

यसैविच हाल आएर सो ग्रीन इकोनोमी परियोजना अन्तर्गत, बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दीकी, कार्यक्रम संयोजक राधे कृष्ण चौधरी र फील्ड सुपरभाइजर संजिता रिजालसहित एक टोलीले परियोजना क्षेत्रको भ्रमण गरेर लाभग्राहीहरूको बाँस हस्तकला अवलोकन गर्दै उनीहरूसँग अन्तरक्रिया तथा छलफल समेत गरेको छ । 

परियोजना अन्तर्गत तालिम लिएका गीता र इन्दिरा लगायतका लाभग्राहीहरूले आफुले गरेको प्रगति र देखिएका चुनौतीहरुका बारेमा खुलेर क्लबको टोलीसंग छलफल गरेका थिए ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…