Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम

डेक्स

डेक्स

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम
ADVERTISEMENT

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ । 

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो । 

उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । 

यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं लेख्ने साहस र सम्मानपूर्ण जीवन जिउने आत्मविश्वास पनि दिएको छ । बाँसको सामाग्री निर्माणमा लागेका दुवै महिला आफ्नै स्थानीय बचत तथा ऋण सहकारी संस्थाकी सक्रिय सदस्य पनि हु्नुहुन्छ, जहाँ उहाँहरूले नियमित बचत र योगदानमार्फत आफ्नो परिवार मात्र होइन, सम्पूर्ण समुदायको आर्थिक सबलतामा सहयोग र प्रेरणा दिइरनु भएको छ ।

बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रीन इकोनोमी परियोजनाले बर्दियामा हरित रोजगारी सिर्जना गर्दै युवतीहरूलाई आत्मनिर्भर बनाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र समाजलाई हरित अर्थतन्त्रतर्फ उन्मुख गराउने अद्वितीय योगदान दिएको छ । बाँसका सामाग्री बनाउन व्यस्त गीता चौधरी गर्वका साथ भन्नुहुन्छ, “बाँस बेतका सामाग्री बनाएर आत्मनिर्भर भएपछि मैले मेरो छोराको शिक्षा र उचित हेरचाहमा सहयोग गर्न पाएकी छु । मेरा सासु–ससुरा र श्रीमान पनि निकै खुशी हुनुहुन्छ र मलाई अझ बढी सम्मान र माया दिन थाल्नु भएकोछ ।”

बर्दिया राजापुरकी इन्दिरा र गीताको यो नयाँ पेशागत यात्राले स्पष्ट देखाएको छ—सीप र अवसर समयमै प्राप्त गरे भने महिलाहरूले पनि अन्य सरह जीवन मात्र परिवर्तन गर्दैनन्, आफ्नो परिवार, समुदाय र सम्पूर्ण समाजलाई समेत उज्यालो भविष्यतर्फ अगाडि बढाउन सक्छन् । 

दुबै जनाको यो साहसिक र सफल यात्राले समुदायका अन्य युवति र महिलाहरुलाई पनि केही गरेर अगाडी बढ्ने प्रेरणा प्रदान गरेको छ । 

यसैविच हाल आएर सो ग्रीन इकोनोमी परियोजना अन्तर्गत, बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दीकी, कार्यक्रम संयोजक राधे कृष्ण चौधरी र फील्ड सुपरभाइजर संजिता रिजालसहित एक टोलीले परियोजना क्षेत्रको भ्रमण गरेर लाभग्राहीहरूको बाँस हस्तकला अवलोकन गर्दै उनीहरूसँग अन्तरक्रिया तथा छलफल समेत गरेको छ । 

परियोजना अन्तर्गत तालिम लिएका गीता र इन्दिरा लगायतका लाभग्राहीहरूले आफुले गरेको प्रगति र देखिएका चुनौतीहरुका बारेमा खुलेर क्लबको टोलीसंग छलफल गरेका थिए ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…