Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

अवधी पत्रकार संघद्धारा भारतीय पत्रकार सम्मानित

डेक्स

डेक्स

अवधी पत्रकार संघद्धारा भारतीय पत्रकार सम्मानित
ADVERTISEMENT

अवधी पत्रकार संघ नेपालले नेपालगन्जमा भारतीय पत्रकारलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा अवधी पत्रकार संघ बाँकेले आयोजना गरेको सम्मान कार्यक्रममा आइपाजा पत्रकार संघका राष्ट्रिय अध्यक्ष फराज अन्सारीको नेतृत्वमा आउनुभएका १० जना पत्रकारलाई सम्मान गरेको छ । 

छिमेकी मुलुक भारतका विभिन्न संचारमाध्यममा कार्यरत सक्रिय पत्रकारलाई नेपालगन्जमा सम्मान गरिएको हो । सिमावर्ती क्षेत्रमा नेपाल र भारतका पत्रकारहरुबीचको सम्वन्ध विस्तार तथा पत्रकारिताको विकासमा सहयोग पुग्ने उद्देश्यले सम्मान गरिएको हो । आइपाजा पत्रकार संघ बहराइचका फराज अन्सारी, विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, सलमान असलम, महफूज भाई और जावेद तन्नुलाई दोसल्ला र सम्मान–पत्र प्रदान गरि सम्मान गरिएको छ । 

त्यस अवसरमा अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले दुई देशका पत्रकारहरुको सम्वन्ध विस्तार, दुई देशको समस्यालाई पत्रकारितामार्फत सूचना प्रवाहको कार्यमा जोड दिनुभयो । उहाँले अवधी पत्रकारिताको विकासका लागि भारतमा पनि उपशाखा विस्तार गर्ने बताउनुभयो । 

कार्यक्रममा अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादव, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी, सामुदायिक रेडियो प्रशारक संघ अकोराबका केन्द्रीय सदस्य मो आरिफ अन्सारी, मधेशी पत्रकार समाजका केन्द्रीय उपाध्यक्ष विष्णुलाल कुमाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शकिल कादरी, समाजसेवी नन्दलाल बैश्यले शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा अवधी पत्रकार संघ नेपाल बाँकेका पुर्व अध्यक्षद्धय चन्द्रेश्वर राज त्रिपाठी, नन्दलाल साहू, वरिष्ठ पत्रकार अजय बैश्य, नेपाल प्रेस युनियन बाँके सचिव एवं नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके सचिव भिष्म लोध, केन्द्रीय सदस्य चन्दा सिंह, दिनेश ठाकुर, भरतकिशोर बैश्य, अन्जु पाठक, धर्म प्रकाश जायसवाल, अल्का मिश्र अजमत अली, शकील अहमद राई, दुर्गा बाल्मिकी, रेखा गुप्ता, शाहिदा वानो शाह, शिवप्रसाद पाठक, ध्रुवराज शर्मा लगायतको उपस्थिती रहेको थियो । 

संघका बाँके अध्यक्ष समिर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संघका केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्माले गर्नुभएको थियो । कार्यक्रममा तीजको अवसरमा सहभागी महिला पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । 


 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…