Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

अवधी पत्रकार संघद्धारा भारतीय पत्रकार सम्मानित

डेक्स

डेक्स

अवधी पत्रकार संघद्धारा भारतीय पत्रकार सम्मानित
ADVERTISEMENT

अवधी पत्रकार संघ नेपालले नेपालगन्जमा भारतीय पत्रकारलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा अवधी पत्रकार संघ बाँकेले आयोजना गरेको सम्मान कार्यक्रममा आइपाजा पत्रकार संघका राष्ट्रिय अध्यक्ष फराज अन्सारीको नेतृत्वमा आउनुभएका १० जना पत्रकारलाई सम्मान गरेको छ । 

छिमेकी मुलुक भारतका विभिन्न संचारमाध्यममा कार्यरत सक्रिय पत्रकारलाई नेपालगन्जमा सम्मान गरिएको हो । सिमावर्ती क्षेत्रमा नेपाल र भारतका पत्रकारहरुबीचको सम्वन्ध विस्तार तथा पत्रकारिताको विकासमा सहयोग पुग्ने उद्देश्यले सम्मान गरिएको हो । आइपाजा पत्रकार संघ बहराइचका फराज अन्सारी, विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, सलमान असलम, महफूज भाई और जावेद तन्नुलाई दोसल्ला र सम्मान–पत्र प्रदान गरि सम्मान गरिएको छ । 

त्यस अवसरमा अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले दुई देशका पत्रकारहरुको सम्वन्ध विस्तार, दुई देशको समस्यालाई पत्रकारितामार्फत सूचना प्रवाहको कार्यमा जोड दिनुभयो । उहाँले अवधी पत्रकारिताको विकासका लागि भारतमा पनि उपशाखा विस्तार गर्ने बताउनुभयो । 

कार्यक्रममा अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादव, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी, सामुदायिक रेडियो प्रशारक संघ अकोराबका केन्द्रीय सदस्य मो आरिफ अन्सारी, मधेशी पत्रकार समाजका केन्द्रीय उपाध्यक्ष विष्णुलाल कुमाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शकिल कादरी, समाजसेवी नन्दलाल बैश्यले शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा अवधी पत्रकार संघ नेपाल बाँकेका पुर्व अध्यक्षद्धय चन्द्रेश्वर राज त्रिपाठी, नन्दलाल साहू, वरिष्ठ पत्रकार अजय बैश्य, नेपाल प्रेस युनियन बाँके सचिव एवं नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके सचिव भिष्म लोध, केन्द्रीय सदस्य चन्दा सिंह, दिनेश ठाकुर, भरतकिशोर बैश्य, अन्जु पाठक, धर्म प्रकाश जायसवाल, अल्का मिश्र अजमत अली, शकील अहमद राई, दुर्गा बाल्मिकी, रेखा गुप्ता, शाहिदा वानो शाह, शिवप्रसाद पाठक, ध्रुवराज शर्मा लगायतको उपस्थिती रहेको थियो । 

संघका बाँके अध्यक्ष समिर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संघका केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्माले गर्नुभएको थियो । कार्यक्रममा तीजको अवसरमा सहभागी महिला पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । 


 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…