Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

डेक्स

डेक्स

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा
ADVERTISEMENT

नेपालगञ्ज । भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन् । 

स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन् । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिनुभयो । बिरामीले एक वर्षमा रु तीन लाखबराबरको डाइलायसिस सेवा पाउनेछन् ।
 
अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीले  बुधवारबाट सो सेवा सुरु हुने जानकारी दिनुभयो । हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डाइलायसिस, स्पाइन इन्जुरी, हेडइन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए ।

अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ । सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरुले भेरी अस्पतालबाटै रु सात लाख  पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख, औषधि खर्चबापत रु दुई लाख पाउने भएका हुन् । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…