Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने

डेक्स

डेक्स

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने
ADVERTISEMENT

नेपालगन्ज ३१ साउन । नेपाली काँग्रेसले जिल्लास्तरका नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण गर्न लागेको छ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार पार्टीको प्रशिक्षण शाखाले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण गर्न लागेको हो ।

काँग्रेस बाँकेको प्रशिक्षण शाखा प्रमुख एवम् पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले यही भाद्र १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । बैठकले भाद्र १४ गते निर्वाचन क्षेत्र ३ को बैजनाथ गाउँपालिका, भाद्र १५ गते निर्वाचन क्षेत्र नं. २ को डुडुवा गाउँपालिका र भाद्र १६ गते निर्वाचन क्षेत्र नं. १ को कोहलपुरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । 

प्रशिक्षणमा लोकतान्त्रिक समाजवाद, नेपाली कांग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा, ⁠नेपाली कांग्रेसको तहगत संरचना र नेतृत्व विकास, ⁠सांगठनिक अवस्था र संगठन विस्तारको रणनीति, ⁠नेपाली कांग्रेसको आदर्श तथा सिद्धान्त, नेपालको संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका, ⁠संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयबस्तुमा केन्द्रीय, प्रदेश र जिल्लास्तरका विज्ञले प्रशिक्षण दिनेछन । 

प्रशिक्षणमा जिल्ला कार्यसमितिका सदस्य, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधी, प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश सभा (१) र (२) का कार्यसमितिका पदाधिकारी, पालिकाभित्रका वडा सभापति, पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुलाई प्रशिक्षक प्रशिक्षण तथा अभिमुखीकरण गरिने शाखा प्रमुख अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार प्रशिक्षण तयारीका लागि शाखाका पदाधिकारीलाई कार्य विभाजन तथा जिम्मेवारी प्रदान गरि आवश्यक तयारी शुरु भएको छ । काँग्रेस बाँके प्रशिक्षण शाखाले नियमित रुपमा विभिन्न तहका आफ्ना कार्यक्रताहरुलाई प्रशिक्षण दिदै आएको छ । 
 

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…