Pairabi logo

असोज १७, २०८३, शनिबार                    

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने

डेक्स

डेक्स

काँग्रेस बाँकेले नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण दिने
ADVERTISEMENT

नेपालगन्ज ३१ साउन । नेपाली काँग्रेसले जिल्लास्तरका नेता तथा कार्यक्रतालाई दक्ष बनाउन प्रशिक्षण गर्न लागेको छ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार पार्टीको प्रशिक्षण शाखाले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण गर्न लागेको हो ।

काँग्रेस बाँकेको प्रशिक्षण शाखा प्रमुख एवम् पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले यही भाद्र १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । बैठकले भाद्र १४ गते निर्वाचन क्षेत्र ३ को बैजनाथ गाउँपालिका, भाद्र १५ गते निर्वाचन क्षेत्र नं. २ को डुडुवा गाउँपालिका र भाद्र १६ गते निर्वाचन क्षेत्र नं. १ को कोहलपुरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । 

प्रशिक्षणमा लोकतान्त्रिक समाजवाद, नेपाली कांग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा, ⁠नेपाली कांग्रेसको तहगत संरचना र नेतृत्व विकास, ⁠सांगठनिक अवस्था र संगठन विस्तारको रणनीति, ⁠नेपाली कांग्रेसको आदर्श तथा सिद्धान्त, नेपालको संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका, ⁠संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयबस्तुमा केन्द्रीय, प्रदेश र जिल्लास्तरका विज्ञले प्रशिक्षण दिनेछन । 

प्रशिक्षणमा जिल्ला कार्यसमितिका सदस्य, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधी, प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश सभा (१) र (२) का कार्यसमितिका पदाधिकारी, पालिकाभित्रका वडा सभापति, पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुलाई प्रशिक्षक प्रशिक्षण तथा अभिमुखीकरण गरिने शाखा प्रमुख अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार प्रशिक्षण तयारीका लागि शाखाका पदाधिकारीलाई कार्य विभाजन तथा जिम्मेवारी प्रदान गरि आवश्यक तयारी शुरु भएको छ । काँग्रेस बाँके प्रशिक्षण शाखाले नियमित रुपमा विभिन्न तहका आफ्ना कार्यक्रताहरुलाई प्रशिक्षण दिदै आएको छ । 
 
ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…