Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

डेक्स

डेक्स

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने
ADVERTISEMENT

नेपालगन्ज । विद्यालय, मदरसा र गुरुकुलका बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था प्रारम्भिक तह मै परीक्षण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा स्वास्थ्य परीक्षण शिविर सञ्चालनको तयारी थालिएको छ । सोही तयारीका क्रममा आज नेपालगन्जमा स्वास्थ्य सम्पर्क शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा जानकी गाउँपालिकाका वडा नम्बर ४ देखि ६ सम्मका विद्यालय, मदरसा र गुरुकुलहरूका स्वास्थ्य सम्पर्क शिक्षकहरूका साथै सो क्षेत्रका स्वास्थ्य संस्था तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, स्वास्थ्य प्रतिनिधि टामलाल बेलबासे तथा सामाजिक विकास मञ्च बाँकेका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले गर्नुभएको थियो ।

कार्यशालामा सहभागी शिक्षकहरूलाई विद्यालयमै बालबालिकाको स्वास्थ्य र पोषण परीक्षण गर्ने तरिका, परीक्षण  सामग्रीको सही प्रयोग, परीक्षणपछि अभिलेख राख्ने प्रक्रिया तथा गम्भीर समस्या देखिएमा कसरी बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा रिफर गर्ने भन्ने विषयमा व्यवहारिक तालिम दिइएको थियो । साथै, उनीहरूलाई परीक्षणका लागि आवश्यक पर्ने तौल मेसिन, उचाइ मापन टेप, एमयूएसी टेप, ई–चार्ट, बीएमआई चार्ट र टर्च जस्ता उपकरणहरू पनि वितरण गरिएको थियो ।

कार्यक्रम वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सामाजिक विकास मञ्च बाँकेले सञ्चालन गरेको ‘बाल संरक्षण तथा समुदायमा आधारित बाल स्पोन्सरसीप परियोजना’ अन्तर्गत आयोजना गरिएको हो । जानकी गाउँपालिकाका वडा नम्बर १ देखि ३ सम्मका लागि सोही प्रकृतिको कार्यशाला एक दिनअघि सम्पन्न गरिएको थियो भने नरैनापुर गाउँपालिकाका लागि मिति २०८२ साउन १४ र १५ गते गरी दुई चरणमा यस्तै कार्यशाला सम्पन्न भइसकेको छ ।

सामाजिक विकास मञ्च बाँकेका अनुसार कार्यशालापछि जानकी गाउँपालिकाका प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा ५ सम्मका ६ हजार ८ सय ४० र नरैनापुर गाउँपालिकाका ४ हजार ५ सय ९७ बालबालिकाको प्रारम्भिक स्वास्थ्य तथा पोषण परीक्षण गरिनेछ । परीक्षणको क्रममा विशेष समस्या देखिएका बालबालिकाहरूलाई स्वास्थ्य संस्थामा रिफर गरिने र नियमित रूपमा अभिलेख राखी रिपोर्टिङ गरिने योजना रहेको छ ।

विद्यालयमै बालबालिकाको स्वास्थ्य परीक्षण गरिनु समुदायमै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने, बालबालिकाको समग्र शारीरिक विकासमा टेवा पुर्याउने र विद्यालयलाई अझ बालमैत्री बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…