Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

डेक्स

डेक्स

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने
ADVERTISEMENT

नेपालगन्ज । विद्यालय, मदरसा र गुरुकुलका बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था प्रारम्भिक तह मै परीक्षण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा स्वास्थ्य परीक्षण शिविर सञ्चालनको तयारी थालिएको छ । सोही तयारीका क्रममा आज नेपालगन्जमा स्वास्थ्य सम्पर्क शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा जानकी गाउँपालिकाका वडा नम्बर ४ देखि ६ सम्मका विद्यालय, मदरसा र गुरुकुलहरूका स्वास्थ्य सम्पर्क शिक्षकहरूका साथै सो क्षेत्रका स्वास्थ्य संस्था तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, स्वास्थ्य प्रतिनिधि टामलाल बेलबासे तथा सामाजिक विकास मञ्च बाँकेका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले गर्नुभएको थियो ।

कार्यशालामा सहभागी शिक्षकहरूलाई विद्यालयमै बालबालिकाको स्वास्थ्य र पोषण परीक्षण गर्ने तरिका, परीक्षण  सामग्रीको सही प्रयोग, परीक्षणपछि अभिलेख राख्ने प्रक्रिया तथा गम्भीर समस्या देखिएमा कसरी बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा रिफर गर्ने भन्ने विषयमा व्यवहारिक तालिम दिइएको थियो । साथै, उनीहरूलाई परीक्षणका लागि आवश्यक पर्ने तौल मेसिन, उचाइ मापन टेप, एमयूएसी टेप, ई–चार्ट, बीएमआई चार्ट र टर्च जस्ता उपकरणहरू पनि वितरण गरिएको थियो ।

कार्यक्रम वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सामाजिक विकास मञ्च बाँकेले सञ्चालन गरेको ‘बाल संरक्षण तथा समुदायमा आधारित बाल स्पोन्सरसीप परियोजना’ अन्तर्गत आयोजना गरिएको हो । जानकी गाउँपालिकाका वडा नम्बर १ देखि ३ सम्मका लागि सोही प्रकृतिको कार्यशाला एक दिनअघि सम्पन्न गरिएको थियो भने नरैनापुर गाउँपालिकाका लागि मिति २०८२ साउन १४ र १५ गते गरी दुई चरणमा यस्तै कार्यशाला सम्पन्न भइसकेको छ ।

सामाजिक विकास मञ्च बाँकेका अनुसार कार्यशालापछि जानकी गाउँपालिकाका प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा ५ सम्मका ६ हजार ८ सय ४० र नरैनापुर गाउँपालिकाका ४ हजार ५ सय ९७ बालबालिकाको प्रारम्भिक स्वास्थ्य तथा पोषण परीक्षण गरिनेछ । परीक्षणको क्रममा विशेष समस्या देखिएका बालबालिकाहरूलाई स्वास्थ्य संस्थामा रिफर गरिने र नियमित रूपमा अभिलेख राखी रिपोर्टिङ गरिने योजना रहेको छ ।

विद्यालयमै बालबालिकाको स्वास्थ्य परीक्षण गरिनु समुदायमै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने, बालबालिकाको समग्र शारीरिक विकासमा टेवा पुर्याउने र विद्यालयलाई अझ बालमैत्री बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

ताजा

सबै

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…