Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

डेक्स

डेक्स

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा
नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल रक्तसंचार दिवस अवसरमा नयाँभवनबाट सेवा प्रारम्भ गरको छ । 

नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा भेरी अस्पताल परिसर भित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा रक्तसंचार सेवाका लागि नवनिर्मित नेरेसो प्रादेशिक रक्तसंचार सेवा भवनबाट दिवसका अवसरमा सेवा प्रारम्भ भएको हो । 

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री एवं कार्यक्रमका प्रमुखअतिथि मीनबहादुर मल्लले नवर्निमित भवनको मुलप्रवेशद्धारको रिबन काटि रक्तसंचार सेवा प्रारम्भ भएको घोषणा गर्नु भयो । उहाँले नेपाल रेडक्रसको विभिन्न सेवा मध्ये रक्तसंचार मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने एक महत्वपूर्ण सेवा रहेको छ र हामीले गुणस्तरीय सेवा प्रवाह गरिरहेको कुरा उल्लेख गर्नु भयो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले भवन निर्माणका लागि सहयोग गर्नुहुने पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो।इश्तियाक राईलाई धन्यवाद व्यक्त गर्दै रक्तदान गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरु प्रति अभार प्रकट गर्नु भयो । 

रक्तसंचार सेवाबाट आ।ब। २०८१/२०८२ मा १६ हजार १ सय ५१ सकंलन र २३ हजार १ सय ९६ पिन्ट रगत वितरण भएको छ । रक्तसंचार सेवाबाट डाक्टरको सिफारिसमा पि।आर।पी।, एफ।एफ।पी।प्याकसेल, ९सेतो रक्तकोष० होल ब्लड र पे्रmस ब्लड उपलब्ध गराउदै आएको कुरा ब्लड बैकका इन्र्चाज उपेन्द्र रेग्मीले बताउनु भयो । 

रक्तसंचार सेवा दिवसका अवसरमा दैलेखी सेवा समाजमा आवद्ध सदस्यहरुले ६५ पिन्ट रक्तदान गरेका छन । नेरेसो रक्तसंचार सेवा व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका महामन्त्री मीनबहादुर मल्ल, शाखा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह लगायतले विचार व्यक्त गर्नु भएको थियो भने बार्षिक प्रतिवेदन ब्लड बैकका इन्र्चाज उपेन्द्र रेग्मीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेरेसो जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र दैलेखी सेवा समाजका व्यक्ति र स्वयंसेवी रक्तदाताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन शाखाका लेखा अधिकृत झवीलाल शर्माले गर्नु भएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…