Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

डेक्स

डेक्स

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु
ADVERTISEMENT

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीतिगत रुपमा लागु गर्न पहल थालिएको छ । विशेषगरी किशोरकिशोरी, महिला र सीमान्तकृत समुदायमा यस विषयमा जानकारी र पहुँच बृद्धिमा जोड दिइएको छ । 

वियोङ्ग वेजिङ्ग कमिटी (बीबीसी) नेपालले बाँकेका तीन वटा स्थानीय तहमा ‘सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा पुनः प्राप्तीका लागि पहल’ परियोजना शुरु गरेको छ । 

बाँकेको डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा यो परियोजना शुरु गरिएको बीबीसी नेपालका अध्यक्ष कृष्णाकुमारी वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटै स्थानीय तहमा विशेष मातृ मृत्युदर, बाल मृत्युदरको न्युनीकरण र गर्भवती महिलाको स्वास्थ्य हेरचाह लगायतका विषयमा सचेतना अभिबृद्धिसंगै उनीहरुको बारेमा स्थानीय सरकारले नीति, नियम तथा कानूनी कुरालाई विशेष जोड दिइएको छ ।

आज बुधबार नेपालगन्जमा एक कार्यक्रमका विच परियोजना प्रारम्भ बैठकमार्फत उक्त परियोजना संचालन तथा स्थानीय तहको अवस्थाबारे विश्लेषण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले समुदायमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पालिकाले विशेष योजनाका साथ कार्य गरिरहेकाले सबै सरोकारवाला निकायको सहयोग र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उपलब्ध साधन स्रोतले समुदायका सेवाग्राहीलाई सेवा उपलब्ध गराएको भन्दै समुदायको पहिचान गरि अवश्यकता अनुसारको स्वास्थ्य कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, जनस्वास्थ्य विज्ञ डा. लक्ष्मी तामाङ्ग, जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा तीन वटै पालिकाका स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको विस्तारसँगै किशोरहरूलाई सुरक्षित र गोपनीय परामर्श सेवा, गर्भपतन, परिवार नियोजन, सुरक्षित प्रसूति सेवा र यौनिक हिंसाविरुद्धको कानुनी सहायता लगायतका विषयबस्तुका बारेमा यस परियोजनाले काम गर्नेछ । 


 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…