Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

डेक्स

डेक्स

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु
ADVERTISEMENT

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीतिगत रुपमा लागु गर्न पहल थालिएको छ । विशेषगरी किशोरकिशोरी, महिला र सीमान्तकृत समुदायमा यस विषयमा जानकारी र पहुँच बृद्धिमा जोड दिइएको छ । 

वियोङ्ग वेजिङ्ग कमिटी (बीबीसी) नेपालले बाँकेका तीन वटा स्थानीय तहमा ‘सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा पुनः प्राप्तीका लागि पहल’ परियोजना शुरु गरेको छ । 

बाँकेको डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा यो परियोजना शुरु गरिएको बीबीसी नेपालका अध्यक्ष कृष्णाकुमारी वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटै स्थानीय तहमा विशेष मातृ मृत्युदर, बाल मृत्युदरको न्युनीकरण र गर्भवती महिलाको स्वास्थ्य हेरचाह लगायतका विषयमा सचेतना अभिबृद्धिसंगै उनीहरुको बारेमा स्थानीय सरकारले नीति, नियम तथा कानूनी कुरालाई विशेष जोड दिइएको छ ।

आज बुधबार नेपालगन्जमा एक कार्यक्रमका विच परियोजना प्रारम्भ बैठकमार्फत उक्त परियोजना संचालन तथा स्थानीय तहको अवस्थाबारे विश्लेषण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले समुदायमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पालिकाले विशेष योजनाका साथ कार्य गरिरहेकाले सबै सरोकारवाला निकायको सहयोग र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उपलब्ध साधन स्रोतले समुदायका सेवाग्राहीलाई सेवा उपलब्ध गराएको भन्दै समुदायको पहिचान गरि अवश्यकता अनुसारको स्वास्थ्य कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, जनस्वास्थ्य विज्ञ डा. लक्ष्मी तामाङ्ग, जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा तीन वटै पालिकाका स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको विस्तारसँगै किशोरहरूलाई सुरक्षित र गोपनीय परामर्श सेवा, गर्भपतन, परिवार नियोजन, सुरक्षित प्रसूति सेवा र यौनिक हिंसाविरुद्धको कानुनी सहायता लगायतका विषयबस्तुका बारेमा यस परियोजनाले काम गर्नेछ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…