Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ : मुख्यमन्त्री आचार्य

डेक्स

डेक्स

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ :  मुख्यमन्त्री आचार्य
ADVERTISEMENT

नेपालगन्ज, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तर वृद्धिमा विशेष ध्यान दिने बताउनुभएको छ । नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित शल्यक्रिम थिएटर भवनको आज यहाँ उद्घाटन गर्दै यसलाई १५ शैय्यामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने बताउनुभयो । 

मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘यसलाई १५ शैयामा सीमित गर्नुहुँदैन, अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन्छु ।’ प्रदेश सरकारको तर्फबाट यसलाई विधिवतरूपमा ५० शैयाको अस्पतालका रूपमा स्तर वृद्धि गरेर अगाडी बढाउनेछौं ।’ 

मुख्यमन्त्री आचार्यले आगामी दिनमा यो अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने भन्दै सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग प्रतिबद्धता गर्नुभयो ।  ‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक पहल गर्नेछ,’ उहाँले भन्नुभयो, ‘यसका लागि अस्पताल व्यवस्थापन समितिले ध्यान दिन जरुरी छ ।’ 

लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भविष्यमा जलन उपचारका लागि विशेषज्ञ सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई आफूले यस क्षेत्रको गौरवको रुपमा लिएको भन्दै यो अस्पतालले प्रहरी मात्र नभई अन्य विरामीलाई पनि सेवा दिनुपर्नेमा जोड दिनुभयो । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हुच्छे प्रधान, प्राविधिक प्रहरी नायब उपरीक्षक इन्जिनियर नितिन लाखे लगायतले बोल्नुभएको थियो । 

लुम्बिनी प्रदेश सरकारको रु ७ करोड ७७ लाख बढीको लागतमा उक्त भवन निर्माण गरिएको हो । 


–––

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…