Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दिया अस्पतालको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गरिने

डेक्स

डेक्स

बर्दिया अस्पतालको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गरिने
ADVERTISEMENT

कमल देव पौडेल 
बर्दिया / बर्दिया अस्पताल विकास समितिका नवनिर्वाचित अध्यक्ष रवीन्द्र कुमार यादवले समितिका पदाधिकारीको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गर्ने ऐतिहासिक निर्णय गर्नुभएको छ ।

अध्यक्ष यादवको अध्यक्षतामा बसेको पहिलो बैठकले पदाधिकारीको मासिक सेवा सुविधा हटाएर उक्त रकम सुत्केरी प्रोत्साहन, मृत्यु संस्कार खर्च तथा विपन्न सेवाग्राहीको सहयोगमा प्रयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष यादवले विकास समितिलाई पदाधिकारीको सुविधा वितरण गर्ने माध्यम नभई जनताको सेवा गर्ने संस्था बनाउने बताउनुभयो । उहाँले अस्पताललाई सेवा, सुशासन र पारदर्शिताको उदाहरणीय केन्द्र बनाउने समेत अठोट व्यक्त गर्नुभयो ।

यसअघि अस्पताल विकास समितिका अध्यक्षले मासिक १५ हजार र सदस्यले १० हजारका दरले सेवा सुविधा लिँदै आएका थिए । तर, अध्यक्ष यादवको पहलमा सो व्यवस्था पूर्ण रूपमा हटाई अस्पताल विकास समितिबाट नियुक्त कर्मचारीहरुलाई १ महिना बराबरको सुत्केरी प्रोत्साहन भत्ता, मृत्यु संस्कार खर्च १० हजार रूपैयाँ र बचेको रकम विपन्न सेवाग्राहीहरुको हितमा प्रयोग गर्ने  निर्णय गरिएको कुरा स्रोतले बताए ।

स्रोतका अनुसार बैठकले अस्पताल र फार्मेसीमा आर्थिक वर्ष २०८२/०८३ का लागि क्रमशः ५९ र ७ करार दरबन्दी स्वीकृत गर्ने र रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, रक्त सञ्चार केन्द्र ९ब्लड बैंक०लाई आपतकालीन सेवा सुनिश्चित गर्न जेनेरेटर मार्फत विद्युत आपूर्तिको व्यवस्था मिलाइने लगायतको निर्णय बैठकले गरेको छ । साथै, प्रत्येक पालिकामा कम्तीमा एक विशेषज्ञ चिकित्सक सुनिश्चित गर्न पालिकाहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरिएको छ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…