Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

बर्दिया अस्पतालको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गरिने

डेक्स

डेक्स

बर्दिया अस्पतालको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गरिने
ADVERTISEMENT

कमल देव पौडेल 
बर्दिया / बर्दिया अस्पताल विकास समितिका नवनिर्वाचित अध्यक्ष रवीन्द्र कुमार यादवले समितिका पदाधिकारीको सेवा सुविधा हटाएर सुत्केरी र विपन्नका लागि सहयोग गर्ने ऐतिहासिक निर्णय गर्नुभएको छ ।

अध्यक्ष यादवको अध्यक्षतामा बसेको पहिलो बैठकले पदाधिकारीको मासिक सेवा सुविधा हटाएर उक्त रकम सुत्केरी प्रोत्साहन, मृत्यु संस्कार खर्च तथा विपन्न सेवाग्राहीको सहयोगमा प्रयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष यादवले विकास समितिलाई पदाधिकारीको सुविधा वितरण गर्ने माध्यम नभई जनताको सेवा गर्ने संस्था बनाउने बताउनुभयो । उहाँले अस्पताललाई सेवा, सुशासन र पारदर्शिताको उदाहरणीय केन्द्र बनाउने समेत अठोट व्यक्त गर्नुभयो ।

यसअघि अस्पताल विकास समितिका अध्यक्षले मासिक १५ हजार र सदस्यले १० हजारका दरले सेवा सुविधा लिँदै आएका थिए । तर, अध्यक्ष यादवको पहलमा सो व्यवस्था पूर्ण रूपमा हटाई अस्पताल विकास समितिबाट नियुक्त कर्मचारीहरुलाई १ महिना बराबरको सुत्केरी प्रोत्साहन भत्ता, मृत्यु संस्कार खर्च १० हजार रूपैयाँ र बचेको रकम विपन्न सेवाग्राहीहरुको हितमा प्रयोग गर्ने  निर्णय गरिएको कुरा स्रोतले बताए ।

स्रोतका अनुसार बैठकले अस्पताल र फार्मेसीमा आर्थिक वर्ष २०८२/०८३ का लागि क्रमशः ५९ र ७ करार दरबन्दी स्वीकृत गर्ने र रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, रक्त सञ्चार केन्द्र ९ब्लड बैंक०लाई आपतकालीन सेवा सुनिश्चित गर्न जेनेरेटर मार्फत विद्युत आपूर्तिको व्यवस्था मिलाइने लगायतको निर्णय बैठकले गरेको छ । साथै, प्रत्येक पालिकामा कम्तीमा एक विशेषज्ञ चिकित्सक सुनिश्चित गर्न पालिकाहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरिएको छ।

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…