Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

राजापुरका युवतीलाई व्यवसाय सञ्चालनका लागि सहयोग वितरण

डेक्स

डेक्स

राजापुरका युवतीलाई व्यवसाय सञ्चालनका लागि सहयोग वितरण
ADVERTISEMENT

बर्दिया । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट(अप अनुदान वितरण गरिएको छ।

३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ती युवतीलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। बितरण कार्यक्रममा सहभागी युवतीहरूले आत्मनिर्भर बन्ने आत्मविश्वासका साथ ग्रीन व्यवसायमा संलग्न हुने उत्साह व्यक्त गरेका थिए।

कार्यक्रमको उद्देश्य आर्थिक समानता, हिंसा र बाल विवाह न्यूनीकरण गर्दै युवतीहरूलाई आत्मनिर्भर र आर्थिक रूपले सक्षम बनाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उक्त वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधारको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिका–६ का वडाध्यक्ष असराज न्यौपाने रहेका थिए। कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षक परवेज अली सिद्दीकी, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, सल्लाहकारहरु निरज कुमार गौतम र  कमल पन्थी लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि वडाध्यक्ष न्यौपानेले आत्मनिर्भर र आर्थिक रूपमा सक्षम युवतीहरू आफैंलाई घरेलु हिंसा र शोषणबाट जोगाउन सक्ने भन्दै प्राप्त सहयोगलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । साथै, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले युवतीहरूलाई ग्रीन व्यापार र वातावरण संरक्षणमा संलग्न गराउँदै सशक्तीकरण गरेकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधारले यस्तो अवसरले युवतीहरूलाई हरियाली व्यवसायमा लागेर स्वतन्त्र र खुसी जीवनयापन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । परियोजना प्रमुख राधे कृष्ण थारुले कार्यक्रमको उद्देश्य र परियोजनाको महत्वबारे जानकारी गराएका थिए भने फिल्ड सुपरभाइजर श्संजिता रिजालले कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…