Pairabi logo

असोज २१, २०८३, बुधबार                    

राजापुरका युवतीलाई व्यवसाय सञ्चालनका लागि सहयोग वितरण

डेक्स

डेक्स

राजापुरका युवतीलाई व्यवसाय सञ्चालनका लागि सहयोग वितरण
ADVERTISEMENT

बर्दिया । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट(अप अनुदान वितरण गरिएको छ।

३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ती युवतीलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। बितरण कार्यक्रममा सहभागी युवतीहरूले आत्मनिर्भर बन्ने आत्मविश्वासका साथ ग्रीन व्यवसायमा संलग्न हुने उत्साह व्यक्त गरेका थिए।

कार्यक्रमको उद्देश्य आर्थिक समानता, हिंसा र बाल विवाह न्यूनीकरण गर्दै युवतीहरूलाई आत्मनिर्भर र आर्थिक रूपले सक्षम बनाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उक्त वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधारको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिका–६ का वडाध्यक्ष असराज न्यौपाने रहेका थिए। कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षक परवेज अली सिद्दीकी, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, सल्लाहकारहरु निरज कुमार गौतम र  कमल पन्थी लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि वडाध्यक्ष न्यौपानेले आत्मनिर्भर र आर्थिक रूपमा सक्षम युवतीहरू आफैंलाई घरेलु हिंसा र शोषणबाट जोगाउन सक्ने भन्दै प्राप्त सहयोगलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । साथै, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले युवतीहरूलाई ग्रीन व्यापार र वातावरण संरक्षणमा संलग्न गराउँदै सशक्तीकरण गरेकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधारले यस्तो अवसरले युवतीहरूलाई हरियाली व्यवसायमा लागेर स्वतन्त्र र खुसी जीवनयापन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । परियोजना प्रमुख राधे कृष्ण थारुले कार्यक्रमको उद्देश्य र परियोजनाको महत्वबारे जानकारी गराएका थिए भने फिल्ड सुपरभाइजर श्संजिता रिजालले कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…