Pairabi logo

असोज २१, २०८३, बुधबार                    

सिपमार्फत दक्ष बनाउन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर

डेक्स

डेक्स

सिपमार्फत दक्ष बनाउन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हालै एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको शुभारम्भ गर्नु भयो  ।

नगरप्रमुख यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको जिकिर गर्नु भयो । स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेकोले उक्त मागलाई पूर्ति गर्न ट्रेनिङ सेन्टरले भुमिका खेल्ने बताउदैं मेयर यादवले भन्नुभयो , नगरपालिकाले ट्रेनिङ सेन्टर संग समन्वय गरि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीपमुलक तालिम लिन जरुरी रहेको बताउदै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरुलाई सीपमुलक तालिम दिनका लागि स्थापना गरिएको ट्रेनिङ सेन्टर पश्चिम नेपालकै तालिम दिने थलो बन्ने उल्लेख गर्नु भयो । 

सेन्टरका निर्देशक भोदुराम थारुले व्यावसायिकता र तालिमको महत्त्वबारे चर्चा गर्दै भन्नुभयो, “हामी दक्ष तालिम र रोजगारीका अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेका छौँ । लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्ने छ।” 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताउनु भयो । उहाँले नेपालगञ्जका युवा बिदेश गए पनि तालिमको अभावले चाहेको जस्तो रोजगारी नपाउने गरेको गुनासोहरु आउने गरेको बताउँदै आउने दिन बैदेशिक रोजगार र स्थानिय स्तरमा रोजगार गर्न चाहने युवाहरुको पहिचान गरि सेन्टर मार्फत आउने आर्थिक वर्षमा वजेट विनियोजन गरि तालिम संचालक गर्ने बताउनु भयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रकि नेता मिना मल्ल पुनले सफलताको कामना गर्दै शिक्षा परामर्श तथा वैदेशिक रोजगारी क्षेत्रबिच सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भयो  ।  कार्यक्रममा बर्दियाको मधुवन नगरपालिकाका पुर्व मेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर राउत, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डका,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जिवन मल्ल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश शर्मा, समाज सेवी अमर भण्डारी, लियाना मेनेजमेन्ट सर्भिसका डाइरेक्टर उदय खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द, भान्से लक्ष्मण प्रसाद भण्डार लगायतले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्त्वमा जोड दिनु भएको थियो । 

यसै गरि सोही कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख उपनिर्देशक ओम खड्काको बाँके बाट सरुवा भए पछि लियाना हस्पिटालिटीले मायाको चिनो प्रदान गर्दै नयाँ कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको थियो । ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठन–पाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा लगायत रहेका छन् । 

कक्षा कोठाहरू २० देखि २५ जना प्रशिक्षार्थी अट्ने क्षमता रहेको सेन्टरका सिइओ अभिषेक थारुले जानकारी दिनु भयो । उदघाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षकद्वय, अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डका लगायत बाँके बर्दियाका जनप्रतिनिधि, समाज सेवी, राजनितिक दलका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा लियानाका लेखा अधिकृत बिमला शर्माले फुलमाला लगाएर स्वागत गर्नु भएको थियो ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…