Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दिया अस्पतालको सेवा स्तर बृद्धिका लागि पहल

सम्वाददाता

सम्वाददाता

बर्दिया अस्पतालको सेवा स्तर बृद्धिका लागि पहल
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया २९ जेठ । बर्दिया अस्पताल व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार यादवले अस्पतालको सेवा स्तरमा गुणात्मक सुधार ल्याउन लुम्बिनी प्रदेश सरकारसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले जिल्लावासीहरु लगायतलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यका साथ अस्पतालमा आवश्यक सामाग्रीको माग, भौतिक पूर्वाधार निर्माण, अस्पतालको समस्या र अस्पतालको आधुनिकिकरणका विषय लिएर भेटवार्ता गर्नुभएको हो ।

प्रदेशको स्वास्थ्य मन्त्री सहित मन्त्री परिषदका अन्य सदस्यहरुसँग भेट गरी बर्दिया अस्पताललाई अझ प्रभावकारी बनाउन विभिन्न विषयहरुमा छलफल गरिएको र त्यस छलफलले ती विषयहरुलाई अनुमोदन गरेको कुरा अध्यक्ष यादवले बताउनु भयो ।

अध्यक्ष यादव भन्नुहुन्छ, अस्पतालमा दक्ष जनशक्ति अभाव, उपकरणहरूको मर्मत तथा प्रतिस्थापन, आकस्मिक सेवाको सुदृढीकरण, सुत्केरी सेवा सुधार लगायतका प्राथमिक विषयलाई प्राथमिकताका साथ अघि सारिएको छ ।

उहाँले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी अस्पताललाई प्रदेशमै नमुना अस्पतालको रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाई अघिबढ्ने धारणा राख्नुभयो । 

अध्यक्ष यादवको अनुसार बर्दिया अस्पताल, गुलरियाका लागि आर्थिक वर्ष २०८२/०८३ मा ईमरजेन्सी सेवा सुदृढीकरण, अक्सिजन प्लान्ट मर्मत तथा संचालन, पोष्ट ओपि/एचडियु सेवा संचालन, USG मेशिन (प्रोबसहित) खरिद, Dental Chair खरिद, अस्पतालको भौतिक पूर्वाधार निर्माण मर्मत, रंगरोगन, आवास सुदृढीकरण मर्मत संभार, डायलाईसिस वार्डको शौचालय र भर्याङ निर्माण, तालिम बैठक हल तथा समितिको कार्यकक्ष निर्माण, नयाँ ओपिडि भवन निर्माण लगायतका लागि ५ करोड २४ लाख रुपैयाँ बजेट माग गरिएको छ ।

बर्दिया अस्पताल जिल्लाको एक मात्र प्रमुख सरकारी अस्पताल हो जसले दैनिक हजारौं बिरामीलाई सेवा दिइरहेको छ । तर, बिशेषज्ञ डाक्टरको कमी, उपकरणको अभाव, जनशक्तिको कमी र भौतिक पूर्वाधारका अभावका कारण सेवा प्रवाहमा समस्या आइरहेको स्थानीयबासीहरू समेत बताउँछन् ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…