Pairabi logo

असोज २६, २०८३, सोमबार                    

स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

डेक्स

डेक्स

स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता
ADVERTISEMENT

बर्दिया । बर्दियाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास ९ईसीडी० र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा मधुवन नगरपालिकाको डल्लामा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको थियो । 

तालिमको समापन गर्दै मधुबन नगर पालिकाका नगर उपप्रमुख अनिता चौधरीले स्थानीय सरकार र संघ सस्थाहरुको सहकार्यमा गरिएका यस्ता कार्यक्रमले शिक्षाको विकासमा बिशेष योगदान पुराउने बताउनुभयो । उहाँले यस्ता तालिमले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन पनि ठुलो सहयोग गर्ने बताउनुभयो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले युनेस्कोले संचालन गरेका क्रियाकलाप र यसको महत्व तथा उदेशय बारे प्रस्ट पार्दै स्थानीय शैक्षिक सामाग्रीले पठनपाठनमा सहजता हुने बताउनुभयो । 

मधुवनका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले स्थानीय शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाको सिकाईलाइ कक्षा कोठासंग जोडन टेवा पुग्ने भएकोले यस्ता तालिमले शिक्षकको क्षमता बिकासमा सहयोग पुग्ने बताउनु भयो । तालिमका सहभागी शिक्षिका प्रभा भुषालले तालिम निकै फलदायी भएको र यसबाट आफुहरुको क्षमता बिकास भएको र सिकेका कुरा कक्षा कोठामा लागु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

सो चारिदने तालिमको समापन सत्रको अध्यक्षता गरिरहनु भएका बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले तालिममा सिकेको शिपलाइ कक्षा कोठामा लागु गर्न र बालबालिकाको सिकाईमा सुधार ल्याउन आग्रह गर्नुभयो । समापन कार्यक्रमको संचालन परियोजना संयोजक ईश्वर बिकले गर्नु भएको थियो भने सो अवसरमा क्लबका बरिष्ठ उपाध्यक्ष्य पंचम गुरुङ तथा फिल्ड सुपरभाइजर सावित्रा भाटको पनि उपस्थिति रहेको थियो । 

तालिमको सहजीकरण प्रशिक्षक झल कुमारी कार्कीले गर्नु भएको थियो । तालिम अन्तरक्रियात्मक सत्र, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित सञ्चालन गरिएको थियो । कम लागत वा शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त तालिमको सञ्चालन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।  

तालिममा राजापुर नगरपालिकाका १० र मधुवन नगरपालिकाका २९ जना गरेर ३९ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागी शिक्षकहरूले कक्षा कोठामा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने नयाँ सीपहरू सिक्न पाउँदा उत्साह उत्पन्न भएको धारणा व्यक्त गर्नुभएको छ । तालिमले शिक्षक र विद्यार्थी दुवैलाई शिक्षालाई पहुँचयोग्य, आकर्षक र समावेशी बनाउन सहयोग पु¥याउने उहाँहरुको भनाई छ ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…