Pairabi logo

असोज १७, २०८३, शनिबार                    

तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ—सभापति गौडेल

डेक्स

डेक्स

तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ—सभापति गौडेल
ADVERTISEMENT

नेपालगञ्ज, २८ चैत । नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपालगञ्जमा हुनगइरहेको पार्टीको जिल्ला सम्मेलन आमकार्यकर्ता र नेपाली जनताका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ । सम्मेलनको महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै, सम्मेलनमा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, संजय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मालगायतका नेताहरु सहभागि हुने सभापति गौडेलले जानकारी दिनुभयो । जिल्ला सम्मेलनमा बाँकेका झण्डै १६ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने छ । 

जिल्ला सम्मेलन तयारी बारे जानकारी गराउने उद्देश्यले बिहीवार नेपालगञ्जस्थित पार्टी काार्यालयमा भएको पत्रकार सम्मेलनमा सभापति गौडेलले जिल्ला सम्मेलनमा मूलतः बाँके जिल्लामा नेपाली कांग्रेसको वस्तुगत सांगठानिक अवस्था, पार्टीसंग जिल्लावासीको अपेक्षा, विकास गतिविधिमा पार्टीले विगतमा खेलेको भूमिकालगायतका विषयवस्तुमाथि गहन छलफल हुने बताउनुभयो । ‘जिल्ला सम्मेलनमा बाँके काँग्रेसको बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि गहन छलफल भएर संशोधनसहित पारित हुनेछ’—सभापति गौडेलले भन्नुभयो । 

पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा सभापति गौडेलले तेस्रो जिल्ला सम्मेलनमा पहिलो र दोस्रो जिल्ला सम्मेलनले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमको प्रगति अवस्थाका बारेमा समिक्षात्मक छलफल हुने बताउनुभयो । ‘यसका साथै सम्मेलनमा देशको समसामयिक राजनीतिका साथै सामाजिक, सांस्कृतिक तथा आर्थिक घटनाक्रमका विषयमा समेत गहन छलफल हुनेछ’—सभापति गौडेलले भन्नुभयो ।

सम्मेलनमा बाँके कांग्रेसको सांगठानिक अवस्था, क्रियाशिल सदस्यता वितरण, नविकरण, भातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालनलगायतका एजेण्डामा वृहत छलफल हुने गौडेले बताउनुभयो । सम्मेलनमा पार्टीको सागठानिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्था तथा व्यक्तिहरुलाई, जग्गादाता, पार्टीका उत्कृष्ट वडा सभापतिहरु, भातृ संस्थालाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्षहरु, प्रजातन्त्र सेनानीहरु, २०४६ सालदेखि अहिलेसम्म अनवरत पार्टी लागिपरेका कार्यकर्ताहरु, पार्टी केन्द्रीय कार्यसमितिको सय दिने अभियान र बाँके कांग्रेसको १२० दिने अभियानका उत्कृष्ट वडा सभापति र उत्कृष्ट जिल्ला प्रतिनिधिहरुलाई सम्मान प्रदान गरिनेछ । 

त्यस्तै, पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका तर, दिवंगत हुनुभएकाहरुलाई मरणोपरान्त सम्मान समेत जिल्ला सम्मेलनमा गरिनेछ । यस्तै मुलुकको लोकतान्त्रिक आन्त्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने र पेशागत कर्ममा इमान्दारितापूर्वक अनवरत लागिरहनु भएका बाँकेका दुई जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको सभापति गौडेलले बताउनुभयो । 

अर्कोतर्पm, जिल्ला सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा निर्माण गरिएका विभिन्न उपसमितिहरुले आप्नो जिम्मेवारीका काम लगभग सकेका छन्, गौडेलले भन्नुभयो—‘हामी सम्मेलनलाई मर्यादित, व्यवस्थिति तथा भव्य र सभ्य बनाउन लागिपरेका छौ ।’ 

सचिव सुधांशु कोइरालाले संचालन गरेको पत्रकार सम्मेलनमा जिल्ला उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता डिल्ली गिरी, महासमिति सदस्यहरु लक्ष्मी नारायण शाह, फुलाराम थारु, उमा थापा मगर, जिल्ला सदस्य मन प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।
 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…