Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

‘पार्टीमा अब गफ होइन, काम गर्ने कार्यकर्ताको मूल्यांकन हुन्छ’ मन्त्री पौडेल

डेक्स

डेक्स

‘पार्टीमा अब गफ होइन, काम गर्ने कार्यकर्ताको मूल्यांकन हुन्छ’ मन्त्री पौडेल
ADVERTISEMENT

नेपालगञ्ज, ९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई खारेज हैन, थप प्रभावकारी तथा व्यवस्थित बनाउदै लगिने बताउनुभएको छ । 

शनिबार नेपालगञ्जमामा भएको कांग्रेस कार्यकर्ता भेटघाटमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आमनेपाली जनताको स्वास्थ्य अवस्था माथि उठाउदै उनीहरुलाई उपचार सेवामा बढीभन्दा बढी सहयोग गर्ने उद्देश्यले बिमा कार्यक्रमलाई घरदैलोसम्म पुर्याउने सरकारको योजना रहेको छ भन्नुभयो । 

बाँके कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेता पौडेलले निजि अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृति सरकारलाई सह् नहुने प्रष्ट पार्नुभयो । ‘हामी अस्पतालको बेथिति हटाउन निर्मम भएर अघि बढेका छौ’—मन्त्री पौडेलले भननुभयो । 

कार्यकर्ताहरुको प्रश्नको जवाफमा युवा नेता मन्त्री पौडेलले पूर्व विशिष्टलाई दिने भनिएको थप सेवा सुविधा लागु नहुने बताउदै बरु संघीय र प्रदेश सांसदको सीट संख्या कटौति गर्नुपर्ने खाँचे रहेको छ भन्नुभयो । अध्यक्षताको आसनवाट नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीमा कामको आधारवाट कार्यकर्ताको मूल्यांकन हुने बताउनुभयो । 

उहाँले भन्नुभयो—‘पार्टी संष्ठनमा अब गफ हैन, काम गरेर देखाउनुपर्छ । काम गर्नेको मूल्यांकन हुन्छ, गफ गर्नेहरु पाखा लाग्नेछन् ।’ पार्टी जिल्ला सचिव सुधांशु कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा पार्टी जिल्ला उपसभापतिद्धय गोपालप्रसाद अधिकारी, कृष्ण कार्की, प्रदेश कमिटि सदस्य परमेश्वरी पाठक, अञ्जना पाण्डेलगायतको उपस्थिति रहेको थियो । 

कार्यकर्ता भेटघाटमा नेपाली कांग्रेसका युवा नेता मेघराज ओली, लुटबहादुर केसी र गोपाल गिरीलगायतले जिल्लाको विकास, पार्टी संगठनलगायतका समसामियक घटनाका सन्दर्भमा मन्त्री पौडेललाई जनकारी गराउनुभएको थियो । 


 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…