Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

डेक्स

डेक्स

बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण
ADVERTISEMENT

डुडुवा (बाँके) १८ माघ । बाँकेको डुडुवा गाउँपलिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपलिका अन्र्तगत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासन बारे जानकारी गराइएको हो ।

अभिमुखीकरणमा बाल अधिकार, स्थानीय शासन, स्थानीय तहको सेवा सुविधा, बाल संरक्षण तथा सम्वद्र्धन, बालमैत्री बाताबरण, बाल विकास तथा सहभागिता लगायतका विषयमा तेजविक्रम शाहले सहजीकरण गर्नुभएको थियो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बालअधिकारसंग जोडिएका सामान्य विषयमा जानकारी हुनुपर्ने भएकाले यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाले आफ्नो अधिकार बारे जानकारी पाएमा आफै पैरवी तथा समाज जागरणमा विशेष भुमिका निर्वाह गर्न सक्षम हुने बताउनुभयो ।

अभिमुखीकरणमा डुडुवा अन्र्तगत रहेका विद्यालयका कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणको शुभारम्भमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्ण, स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा, शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, सामुहिक अभियान नेपालका अध्यक्ष केसु पोखरेल, सचिव तारा वली, महिला अधिकारकर्मी लक्ष्मी पोखरेल, कृष्णा कार्कीले बालबालिकासंग जोडिएका विभिन्न विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

बाँकेको डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा विद्यालयका विद्यार्थी लक्षित कार्यक्रम गरिने अभियानका अध्यक्ष पोखरेलले बताउनुभयो । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …