Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

डेक्स

डेक्स

बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण
ADVERTISEMENT

डुडुवा (बाँके) १८ माघ । बाँकेको डुडुवा गाउँपलिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपलिका अन्र्तगत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासन बारे जानकारी गराइएको हो ।

अभिमुखीकरणमा बाल अधिकार, स्थानीय शासन, स्थानीय तहको सेवा सुविधा, बाल संरक्षण तथा सम्वद्र्धन, बालमैत्री बाताबरण, बाल विकास तथा सहभागिता लगायतका विषयमा तेजविक्रम शाहले सहजीकरण गर्नुभएको थियो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बालअधिकारसंग जोडिएका सामान्य विषयमा जानकारी हुनुपर्ने भएकाले यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाले आफ्नो अधिकार बारे जानकारी पाएमा आफै पैरवी तथा समाज जागरणमा विशेष भुमिका निर्वाह गर्न सक्षम हुने बताउनुभयो ।

अभिमुखीकरणमा डुडुवा अन्र्तगत रहेका विद्यालयका कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणको शुभारम्भमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्ण, स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा, शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, सामुहिक अभियान नेपालका अध्यक्ष केसु पोखरेल, सचिव तारा वली, महिला अधिकारकर्मी लक्ष्मी पोखरेल, कृष्णा कार्कीले बालबालिकासंग जोडिएका विभिन्न विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

बाँकेको डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा विद्यालयका विद्यार्थी लक्षित कार्यक्रम गरिने अभियानका अध्यक्ष पोखरेलले बताउनुभयो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…