Pairabi logo

माघ १२, २०८२, आइतबार                    

नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु

डेक्स

डेक्स

नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्ज कारकाँदोस्थित सडक विभाग परिसरमा प्रादेशिक महोत्सव २०८१ शुरु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै  पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रादेशिक महोत्सवले पश्चिम क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बाँके(बर्दियाका हित र विकासका लागि आफू लाग्ने भन्दै बाँके(बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने बहस र मागप्रति आफ्नो ध्यानाकर्षण भएको समेत बताउनुभयो । उद्योग, ब्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबर्द्धनू भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ २२ गतेसम्म संचालन हुनेछ । 

महोत्सव उद्घाटन गर्नु अघि विहीबार बिहान संघको कार्यालय त्रिभुवन चोक पुर्वबाट झाँकीसहितको बृहत र्याली निकालिएको थियो । झाँकी सुर्खेतरोड हुँदै महोत्सव स्थलमा पुगेर समापन भएको थियो। महोत्सबमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिएको छ ।

महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सका पनि स्टल छन् । सूचना तथा विज्ञान प्रविधि सम्बन्धि नवीनतम प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिएको संघले जनाएको छ ।

महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग सहितको साँस्कृतिक प्रस्तुति तथा कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटो मोबाइल्स लगायत ३ सय ५० वटा स्टलका साथै सूचना तथा विज्ञान प्रबिधि सम्बन्धि नवीनतम प्रदर्शनी, विदेशी उद्यमशाला तथा उद्योग प्रदर्शनी, थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता हुनेछन् । महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करीब ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान संघका महासचिव भीम रानाभाटले बताउनुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…