Pairabi logo

असोज २१, २०८३, बुधबार                    

नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु

डेक्स

डेक्स

नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्ज कारकाँदोस्थित सडक विभाग परिसरमा प्रादेशिक महोत्सव २०८१ शुरु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै  पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रादेशिक महोत्सवले पश्चिम क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बाँके(बर्दियाका हित र विकासका लागि आफू लाग्ने भन्दै बाँके(बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने बहस र मागप्रति आफ्नो ध्यानाकर्षण भएको समेत बताउनुभयो । उद्योग, ब्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबर्द्धनू भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ २२ गतेसम्म संचालन हुनेछ । 

महोत्सव उद्घाटन गर्नु अघि विहीबार बिहान संघको कार्यालय त्रिभुवन चोक पुर्वबाट झाँकीसहितको बृहत र्याली निकालिएको थियो । झाँकी सुर्खेतरोड हुँदै महोत्सव स्थलमा पुगेर समापन भएको थियो। महोत्सबमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी प्रदर्शनीमा राखिएको छ ।

महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्सका पनि स्टल छन् । सूचना तथा विज्ञान प्रविधि सम्बन्धि नवीनतम प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिएको संघले जनाएको छ ।

महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्ग सहितको साँस्कृतिक प्रस्तुति तथा कृषि, पर्यटन, जडीबुटी, हस्तकला, अटो मोबाइल्स लगायत ३ सय ५० वटा स्टलका साथै सूचना तथा विज्ञान प्रबिधि सम्बन्धि नवीनतम प्रदर्शनी, विदेशी उद्यमशाला तथा उद्योग प्रदर्शनी, थारू भिलेज साथै बिद्यालय स्तरीय नृत्य तारा प्रतियोगिता हुनेछन् । महोत्सव आयोजना गर्न एक करोड खर्च हुने र करीब ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान संघका महासचिव भीम रानाभाटले बताउनुभयो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…