Pairabi logo

असोज २१, २०८३, बुधबार                    

सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

डेक्स

डेक्स

सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर
ADVERTISEMENT

नेपालगन्ज १६, मसिंर । नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ दुई जना गरिब तथा विपन्न किशोरलाई निःशुल्क रुपमा पढाईरहेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट प्रालिले दुई जना किशोर किशोरीको पढाईसँगै रोजगारी समेत दिने भएको छ । 

हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार गत वर्षदेखि दुई जना स्थानीय किशोरलाई अध्ययपन गराईरहेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । उहाँका अनुसार छात्रबृत्तिमा होटल म्यानेजमेन्ट पढाउने र १२ कक्षा पास गरेपछि काम गर्न चाहनेलाई रोजगारी समेत दिइने छ । 

सुनाखरी रेष्टुरेन्ट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको छ । वीपीचोक नजिक रहेको रेष्टुरेन्टले वडा नं. १२ का गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । सुनाखरी रेष्टुरेन्टको सातौ साधारण सभाको अवसरमा गतवर्षदेखि सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार नेपालगन्ज–१२ इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा अध्ययपन गराइइएको छ । 

साधारणसभामा प्रबन्ध निर्देशक शर्माले शिक्षा र खेलकुद लगायतका सामाजिक क्षेत्रमा आफुले लगानी गरिरहेको भन्दै ‘अघिल्लो बर्षदेखि आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई बर्षेनी रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ’, असहाय आश्रित आश्रमहरूमा खाना खुवाउने, स्थानीयबासीहरूको सहकार्यमा सरसफाई अभियान चलाउने, सामाजिक अभियानमा आर्थिक साझेदारी गर्ने लगायतका सामाजिक उत्तरदायित्वका कामहरूको बारेमा जानकारी गराउनुभयो । 

सात बर्ष अघि रु १ करोड ३२ लाखको लगानीबाट शुरु गरिएको रेन्टुरेन्टमा अहिले करिब ३ करोडको लगानी पुगीसकेको भन्दै शर्माले भन्नुभयो, ‘अहिले थ्री स्टारको स्तरमा हामीले सेवा प्रदान गरेका छौ, गेष्ठहरुको पनि हामीले माया र स्नेह पाएका छौ । अहिले सुर्खेत, धनगढी र दाङ्ग जिल्लामा समेत यसको शाखाको विस्तारको तयारीमा जुटेका रेष्टुरेन्टका शेयर सदस्य हर्कबहादुर बोहराले बताउनुभयो । अर्का शेयर सदस्य प्रदिप ज्ञवालीले पर्याप्त आर्थिक गतिविधि नभईरहँदा पनि सुनाखरीले सन्तोषजनक कारोबार गर्न सफल भएको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि, होटल व्यवसायी संघ बाँके अध्यक्ष रंगबहादुर खड्काले अर्थतन्त्र धराशयी हुँदा त्यसको प्रत्यक्ष प्रभाव होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा परिरहेको बताउनुभयो । ‘त्यस प्रभावबाट उद्दार गर्ने सरकारी नीति नहुँदा व्यवसायीहरूलाई निकै मर्का परिरहेको छ’, अध्यक्ष खड्काले भन्नुभयो, ‘तीन तहकै सरकारले व्यवसायीहरूलाई पलायन हुनबाट रोक्न आर्थिक आवश्यक छ ।’

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष, अधिवक्ता बसन्त गौतम, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष पत्रकार तुला अधिकारी, दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पत्रकारिता क्षेत्रको माध्यमबाट विशेष योगदान पुरयाउनुहुने रेडियो कृष्णसारका प्रमुख तुला अधिकारी, दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे र पत्रकार रामप्रसाद आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सुनाखरीका कानुनी सल्लाहकार समेत रहेका रहनुभएका अधिवक्ता गौतमलाई पनि अध्यक्ष पवित्र प्रकाश शर्मा र प्रबन्ध निर्देशक शर्माले सम्मान गर्नुभयो । साधारणसभामा लेखापाल कल्याण यादव, कुकमेनद्धय रमेश बस्नेत र राजन शाही, वेटर चन्द्र बहादुर खत्रीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो । 

सुनाखरी रेष्टुरेन्टमा कृष्णप्रसाद खनाल, घनश्याम शर्मा, पुण्यप्रसाद भट्टराई, प्रदीप ज्ञवाली, पवित्र प्रकाश शर्मा, मोहम्मुद अहमद सिद्धिकी, हर्कबहादुर बोहरा, खिमलाल शर्मा, भक्तराज उप्रेती, बन्धु चौधरी, सूर्यप्रसाद शर्मा, रुद्रप्रसाद शर्मा लगायत १४ जनाको शेयर रहेको छ । सुनाखरीमा हाल ५० जना कर्मचारी रहेका छन् ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…