Pairabi logo

असोज २१, २०८३, बुधबार                    

प्रस्तावित सिधनियाघाट निमाणार्थ आध्यात्मिक महोत्सवमा रु तीन करोड बढी संकलन

डेक्स

डेक्स

प्रस्तावित सिधनियाघाट निमाणार्थ आध्यात्मिक महोत्सवमा रु तीन करोड बढी संकलन
ADVERTISEMENT

नेपालगन्ज, ३० कात्तिक : प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सव आज शुक्रबार सम्पन्न भएको छ । 

राप्ती नदीको तट बाँके डुडुवा गाउँपलिका वार्ड नं.–५स्थित सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्यसहित गत कात्तिक २२ गतेबाट सुरु भएको महोत्सवबाट करिब रु ३ करोड बढी आर्थिक संकलन भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाका अनुसार महोत्सवको समापनको दिनमा पनि रु ३० लाख बढी दाताहरुबाट दान प्राप्त भएको छ । 

नियमित भागवत प्रवचन बिहिबार सम्पन्न भएपनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखररेलले आज प्रवचन दिनुभएको थियो । प्रवचनका क्रममा उहाँले आफुले कहिल्यैपनि आर्थिक शुल्क तोकेर कथा प्रवचनमा जाने नगरेको बताउँदै आफ्नो बुवा स्वर्गीय पण्डित नारायण पोखरेलले देखाएको बाटोलाई मात्र पछ्याएको बताउनुभयो । 

उहाँले प्रवचनकै क्रममा वैकुण्ठधाम निर्माणका लागि आफुले रु १ लाख ११ हजार १११ दान गर्ने घोषणा गर्नुभयो । कार्यक्रमको समापनका दिन आजपनि दाताहरुले ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए । 

समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अहिले संकलन भएको दान अन्तिम नभएको भन्दै उहाँले स्थानीय सरकारबाट वैकुण्ठधामका लागि निरन्तर सहयोग हुने प्रतिबद्धता गर्नुभयो । 

आजको कथावाचनका बीच डा. कुमार शान शाह र डा. मन्जु बिसी शाहबाट रु ७ लाख ७७ हजार ७७७ दान गर्नुभयो । त्यसैगरि आयोजक समितिकी सह संयोजक तथा एबिसी माबीकी प्रमुख शशी स्वाँरबाट रु १ लाख ५१ हजार १११, महासचिव श्रीराम सिग्देलबाट १ लाख ५१ हजार १११, मिनबहादुर मल्लबाट रु १ लाख २५ हजार, कन्हैयाला बैद्यबाट रु १ लाख २१ हजार, अल्पना गुप्ताबाट रु १ लाख ११ हजार १११, बुद्धिवल श्रेष्ठबाट रु १ लाख ११ हजार १११, एसियन ब्लु क्यासिनोबाट रु १ लाख १ हजार, अशोक बस्नेतबाट रु १ लाख १ हजार प्रदान भएको आर्थिक समितिका संयोजक श्रेष्ठले बताउनुभयो । 

त्यस्तै महोत्सव सचिवालयका ओबिराज आचार्यबाट रु ७५ हजार, सडक डिभिजन कार्यालय नेपालगन्जका कर्मचारीबाट रु ६५ हजार ५५५, पतन्जली योग समितिबाट ६३ हजार ३८५, कर्मचारी मिलन केन्द्रबाट रु ५५ हजार ५५५, भीम सुबेदीबाट ५५ हजार ५५५, डा. सुर्यलाल वर्मा र उर्मीलादेवी वर्माबाट ५१ हजार १११, राकेश कुम्हनलबाट ५१ हजार १११, अमरजित सिंहबाट ५१ हजार, विजय गुप्ता र दिपेश गुप्ताबाट ५१ हजार दान गर्नुभयो । 

मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका कर्मचारीहरुबाट रु ४२ हजार ९१५, जिल्ला हुलाकका कर्मचारीबाट ४१ हजार ५५५, सशस्त्र प्रहरी बल ३० नम्बर गणको तर्फबाट ३५ हजार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट ३५ हजार, योग समितिका तर्फबाट ३१ हजार ५५५, लक्ष्मी नारायण समितिका तर्फबाट ३१ हजार ५५, आन्तरिक राजश्व कार्यालयका तर्फबाट ३० हजार, आदर्श माबी शिक्षक परिवार २७ हजार दान प्राप्त भएको श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार तेजबहादुर चन्दबाट रु २५ हजार ५, साबित्रा शर्मा रिजालबाट २५ हजार १, हरपाल सिंहबाट २५ हजार, दिवस सिंह हमालबाट २५ हजार दान गर्नुभयो । 

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको अन्तिम दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । 

नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । 

यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ । संकलित रकमको पूर्ण विवरण संकलन भइरहेकाले आर्थिक संकलनको पूर्ण विवरण १ महिनाभित्र सार्वजनिक गरिने आर्थिक संयोजक श्रेष्ठले बताउनुभयो ।  भूमीदान र प्रतिबद्धताको रकमसहित रु ३ करोड लगभग महोत्सवबाट संकलन भएको उहाँले बताउनुभयो । 

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको महोत्सवका संयोजक डा. सुरेशकुमार कानोडियाले बताउनुभयो । 
–––
 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…