Pairabi logo

माघ १२, २०८२, आइतबार                    

प्रस्तावित सिधनियाघाट निमाणार्थ आध्यात्मिक महोत्सवमा रु तीन करोड बढी संकलन

डेक्स

डेक्स

प्रस्तावित सिधनियाघाट निमाणार्थ आध्यात्मिक महोत्सवमा रु तीन करोड बढी संकलन
ADVERTISEMENT

नेपालगन्ज, ३० कात्तिक : प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सव आज शुक्रबार सम्पन्न भएको छ । 

राप्ती नदीको तट बाँके डुडुवा गाउँपलिका वार्ड नं.–५स्थित सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्यसहित गत कात्तिक २२ गतेबाट सुरु भएको महोत्सवबाट करिब रु ३ करोड बढी आर्थिक संकलन भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाका अनुसार महोत्सवको समापनको दिनमा पनि रु ३० लाख बढी दाताहरुबाट दान प्राप्त भएको छ । 

नियमित भागवत प्रवचन बिहिबार सम्पन्न भएपनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखररेलले आज प्रवचन दिनुभएको थियो । प्रवचनका क्रममा उहाँले आफुले कहिल्यैपनि आर्थिक शुल्क तोकेर कथा प्रवचनमा जाने नगरेको बताउँदै आफ्नो बुवा स्वर्गीय पण्डित नारायण पोखरेलले देखाएको बाटोलाई मात्र पछ्याएको बताउनुभयो । 

उहाँले प्रवचनकै क्रममा वैकुण्ठधाम निर्माणका लागि आफुले रु १ लाख ११ हजार १११ दान गर्ने घोषणा गर्नुभयो । कार्यक्रमको समापनका दिन आजपनि दाताहरुले ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए । 

समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अहिले संकलन भएको दान अन्तिम नभएको भन्दै उहाँले स्थानीय सरकारबाट वैकुण्ठधामका लागि निरन्तर सहयोग हुने प्रतिबद्धता गर्नुभयो । 

आजको कथावाचनका बीच डा. कुमार शान शाह र डा. मन्जु बिसी शाहबाट रु ७ लाख ७७ हजार ७७७ दान गर्नुभयो । त्यसैगरि आयोजक समितिकी सह संयोजक तथा एबिसी माबीकी प्रमुख शशी स्वाँरबाट रु १ लाख ५१ हजार १११, महासचिव श्रीराम सिग्देलबाट १ लाख ५१ हजार १११, मिनबहादुर मल्लबाट रु १ लाख २५ हजार, कन्हैयाला बैद्यबाट रु १ लाख २१ हजार, अल्पना गुप्ताबाट रु १ लाख ११ हजार १११, बुद्धिवल श्रेष्ठबाट रु १ लाख ११ हजार १११, एसियन ब्लु क्यासिनोबाट रु १ लाख १ हजार, अशोक बस्नेतबाट रु १ लाख १ हजार प्रदान भएको आर्थिक समितिका संयोजक श्रेष्ठले बताउनुभयो । 

त्यस्तै महोत्सव सचिवालयका ओबिराज आचार्यबाट रु ७५ हजार, सडक डिभिजन कार्यालय नेपालगन्जका कर्मचारीबाट रु ६५ हजार ५५५, पतन्जली योग समितिबाट ६३ हजार ३८५, कर्मचारी मिलन केन्द्रबाट रु ५५ हजार ५५५, भीम सुबेदीबाट ५५ हजार ५५५, डा. सुर्यलाल वर्मा र उर्मीलादेवी वर्माबाट ५१ हजार १११, राकेश कुम्हनलबाट ५१ हजार १११, अमरजित सिंहबाट ५१ हजार, विजय गुप्ता र दिपेश गुप्ताबाट ५१ हजार दान गर्नुभयो । 

मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका कर्मचारीहरुबाट रु ४२ हजार ९१५, जिल्ला हुलाकका कर्मचारीबाट ४१ हजार ५५५, सशस्त्र प्रहरी बल ३० नम्बर गणको तर्फबाट ३५ हजार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट ३५ हजार, योग समितिका तर्फबाट ३१ हजार ५५५, लक्ष्मी नारायण समितिका तर्फबाट ३१ हजार ५५, आन्तरिक राजश्व कार्यालयका तर्फबाट ३० हजार, आदर्श माबी शिक्षक परिवार २७ हजार दान प्राप्त भएको श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार तेजबहादुर चन्दबाट रु २५ हजार ५, साबित्रा शर्मा रिजालबाट २५ हजार १, हरपाल सिंहबाट २५ हजार, दिवस सिंह हमालबाट २५ हजार दान गर्नुभयो । 

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको अन्तिम दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । 

नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । 

यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ । संकलित रकमको पूर्ण विवरण संकलन भइरहेकाले आर्थिक संकलनको पूर्ण विवरण १ महिनाभित्र सार्वजनिक गरिने आर्थिक संयोजक श्रेष्ठले बताउनुभयो ।  भूमीदान र प्रतिबद्धताको रकमसहित रु ३ करोड लगभग महोत्सवबाट संकलन भएको उहाँले बताउनुभयो । 

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको महोत्सवका संयोजक डा. सुरेशकुमार कानोडियाले बताउनुभयो । 
–––
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…