Pairabi logo

असोज २८, २०८३, बुधबार                    

बाँके र बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु

डेक्स

डेक्स

बाँके र बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु
ADVERTISEMENT

नेपालगञ्ज २३ कात्तिक । नेपालगञ्ज स्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले वातावरणीय न्यायका क्षेत्रमा अभियान सुरु गरेको छ । 

बन्यजन्तु र बन क्षेत्रबाट प्रभावित स्थानीयहरुमा सचेतना र क्षतिपूर्ति प्राप्तिमा सहजीकरण गर्ने उद्देश्यले ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु गरेको संस्थाका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिनुभयो । 

अभियानले ‘प्रभावित क्षेत्रका समुदायलाई सूसुचित, सजग र संगठित गरेर उनीहरुको आवाजलाई सबल बनाउने र आफ्नो अधिकारको वकालत गर्न सक्रिय बनाउनुका साथै सरोकारवाला सरकारी अधिकारीहरूलाई जवाफदेही र उत्तरदायी बनाउन नागरिक तहबाट संगठित प्रयास गर्नेछ’ उहाँको भनाई छ । 

सीसीएनका अनुसार युएसएआइडी÷द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा सुरु भएको यो अभियानले वन्यजन्तु तथा वनजंगल प्रभावित सीमान्तकृत समुदायलाई उनीहरुको दायित्व र अधिकार बारे सचेतना गर्ने, वन्यजन्तु तथा वनजंगलबाट भएको क्षतिपूर्ति प्राप्तिका लागि सबल बनाउने, क्षतिपूर्तिका विद्यमान व्यवस्था, ऐननियम बारे सचेतना र सुधारका लागि पैरवी गर्ने अनि स्थानीय, प्रदेश र संघीय सरकार तथा सम्बद्ध निकायलाई जवाफदेहि बनाउन नागरिक समाजका तर्फबाट खबरदारी गर्ने उद्देश्य राखेकोे छ । 

बाँकेको राप्तीसोनारी गाउँपालिकाको एउटा र बर्दियाको मधुवन नगरपालिकाको एउटा गरी दुईवटा वडामा यो अभियान सञ्चालन हुन लागेको हो । विभिन्न सूचकका आधारमा स्थलगत अध्ययनबाट आएको तथ्यबाट दुवै पालिकाका वडा नम्बर २ मा यस्तो अभियान संचालन गरिन लागेको अधिकारीले बताउनु भयो । सीसीएनले अभियानको सुरुमा दुवै पालिकामा सरोकारवालाहरुसँग समन्वय बैठक गरेको छ ।

यसै क्रममा शुक्रबार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा आयोजित समन्वय बैठकमा पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले वन्यजन्तु प्रभावित समुदायलाई सबल र सरोकारवाला निकायलाई जवाफदेहि बनाउन मद्दत पुग्ने बताउनु भयो । 

यस्तै वुधबार बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ को कार्यालयमा समन्वय बैठक गरिएको थियो । मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले सीसीएनले समुदायका लागि महत्वपूर्ण अभियान सुरु गरेको भन्दै स्थानीय सरकारका तर्फबाट आफ्नो प्रतिवद्धता जनाउनु भयो । 

दुवै समन्वय बैठकमा प्रहरी, बन, निकुञ्ज, बढघर, विद्यालय, क्लव लगायतका सरोकारवाला अगुवाको सहभागिता थियो । अभियानको उद्देश्य, कार्यक्रम र अपेक्षाका बारेमा सरोकारवालाहरु वीच परामर्श गर्न राखिएको बैठकमा सीसीएन संस्था र सीसीएनका गतिविधिका बारेमा कार्यकारी प्रमुख अधिकारीले जानकारी दिनु भएको थियो भने अभियानका गतिविधि, समय, लक्ष्यित वर्ग लगायतका बारेमा कार्यक्रम संयोजक भिमबहादुरले सार्कीले जानकारी दिनु भयो ।

बर्दियाको मधुवनमा सीसीएनका एरिया मोविलाइजर सुनिता नेपाली र बाँकेको राप्तीसोनारीमा एरिया मोविलाइजर सुशिल चौधरीले बैठकको सहजीकरण गर्नु भएको थियो । 

सीसीएनका अनुसार अभियानका क्रममा गोल घर सम्बाद, विद्यालय सम्बाद, शुक्रबार बन्यजन्तु बार, क्लव चौतारी जस्ता कार्यक्रम मार्फत् स्थानीय र विद्यार्थीहरुलाई दायित्व र अधिकार तथा कानुनी व्यवस्था र क्षतिपूर्ति लिने उपायका बारेमा सचेतना गरिनेछ ।

यस्तै झण्डै १० महिनाको अभियानका क्रममा स्थानीय सरकार, वन र प्रशासन क्षेत्र, प्रदेश सांसद र संघीय सांसद सँग सम्बाद कार्यक्रम गरी स्थानीय र जवाफदेहि वीच आमनेसामने सम्बाद मार्फत् जवाफदेहिताको खोजी गर्ने प्रयास गरिने छ । उठान गरिएका विषयहरु धेरै भन्दा धेरै समुदाय वीच पुर्याउनका लागि सम्बाद कार्यक्रममा आधारित २४ वटा रेडियो र १२ वडा भिडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिने समेत सीसीएनले जनाएको छ । 

सीसीएनले विगत १७ वर्षदेखि यस क्षेत्रकै लोकप्रिय सामुदायिक रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज संचालन गर्दै आएको छ ।


 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…