Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

डेक्स

डेक्स

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'
ADVERTISEMENT

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिडित बनाएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आइतबार नेपालगन्ज वडा न १३ मा गरेको समुहगत छलफलका सहभागी महिलाहरु आफुहरु घरपरिवारबाटै हिंसामा परेको बताएका छन ।

नेपालगन्ज क्षेत्रमा बसोबास गर्ने विपन्न तथा गरिब परिवारका पुरुषहरुले मदिरा सेवन गरेर महिलामाथी हिंसा गर्ने गरेको पाइएको छ । गरिब परिवारका ती महिलाहरु दैनिक जसो श्रीमानको कुटाई सहनुपर्ने बाध्यता रहेको पिडित महिलाहरु बताउँछन । उक्त टोलकी एक महिला प्रेमा केवट भन्छिन,–‘हिंसा पीडित महिलाले प्रहरीमा गएमा जेनतेन चल्ने घरबाट समेत बाहिरिनुभन्दा सहेर नै बस्नु बेस, उक्त टोलका महिलाहरु आफ्नै श्रीमानबाट पिडित भएको बताउछन । 

नेपालमा खुल्ला तथा मापदण्ड विपरित मदिराको विक्री वितरणले समस्या पारेको किशोरी लक्ष्मी केवटको भनाई छ । उहाँले अधिकारिक रुपमा इजाजत लिएर आवश्यक मापदण्ड बमोजिम मदिराको विक्रि वितरण गर्नुपर्नेमा जोड दिदै सरकारले यसलाई कडाईका साथ लागु गर्नुपर्ने उहाँको माग छ । मदिरामा मातिएका पुरुषले महिलामाथी बढी हिंसा गर्ने गरेकोले सरकारले मदिराको विक्रीवितरण प्रक्रियालाई व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ । 

गरिवी र बेरोजगारीका कारण महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर नभएपछि पुरुषबाट दबेर हिंसा सहनुपर्ने अवस्था रहेको महिला अगुवाको भनाई छ । उनीहरुले सिप तथा आय आर्जनमार्फत आत्मनिर्भर बनाएमा आफै घरपरिवार चलाउन सक्ने छन भने पुरुषको भर पर्नुपर्ने अवस्था नआउने बताएका छन । 

सरकारले निःशुल्क शिक्षा गरेपनि कक्षा ६ देखि नेपालगन्जका महेन्द्र र मंगलप्रसाद विाद्यलयले शुल्क लिएर बालबालिकालाई पढाएको महिलाहरुले गुनासो गरेका छन । सरकारले कुनै पनि सुविधा दिएको छैन तर कर भने लिईरहेको स्थानीय महिला गौरी केवटको भनाई छ । 

कार्यक्रममा स्थानीय महिलाहरु लल्ली केवट, इतवारी केवट, गीता केवट, प्रेमपति केवट लगायतले आ–आफनो समस्या बताएका थिए । समुहगत छलफलमा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टले पनि महिलाका समस्या प्रति कानुनी व्यवस्था तथा प्रक्रियाका बारेमा बोल्नुभएको थियो । 

महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो । 


 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…