Pairabi logo

भदौ २९, २०८३, सोमबार                    

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

डेक्स

डेक्स

ADVERTISEMENT

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् । 

    उडानका लागि यहाँका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेण्डा बनाउन आग्रह गरिएको छ । 

    नेकपा ९एमाले० बाँकेका अध्यक्ष निरक गुरुङले एजेण्डालाई प्राथमिकताका साथ उठाउने र त्यसको टुंगो नलाग्दासम्म नछाड्न आग्रह गर्दै यसको फाइदा र बेफाइदाबारेमा स्पष्ट हुन जरुरी भएको बताउनुभयो । “अब यसलाई उठाएर बीचमा छाड्ने होइन, यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहनुपर्छ”, उहाँले भन्नुभयो । 

    नेपाली कांग्रेस बाँकेका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिएर अघि बढ्न अनुरोध गर्दै यस्ता विषयले नेपालगञ्जको परिचय स्थापित हुने बताउनुभयो । प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको मित्र राष्ट्र भारतको भ्रमणमा यो विषयलाई प्रमुखताका साथ उठाउन पहल गर्ने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताउनुभयो । 

    रानाभाटका अनुसार नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । “दबाब प्रभावकारी बनाउन विभिन्न कार्ययोजना बनाइँदैछ”, दबाब समूहका सदस्य–सचिवसमेत रहनुभएका सङ्घका महासचिव रानाभाटले भन्नुभयो । सङ्घका अध्यक्ष धामीले सो एजेण्डा स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले सबै राजनीतिक दललाई समन्वय गरेर ध्यानाकर्षण गराउन प्रधानमन्त्रीसम्म पुगिने बताउनुभयो । 

    नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य मानिएको छ । यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको सरोकार भएकाहरुले बैठकमा बताएका छन् । 

    त्यसका लागि नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नविन गिरीको संयोजकत्वमा पूर्वअध्यक्ष झलक गैरे, नेपाली कांग्रेसका सचिव कोइराला, पत्रकार शरण कर्माचार्य, शङ्कर खनाल, आशिष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ । समितिले १० दिनभित्र नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्त्वबारे अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ । प्रधानमन्त्री ओली आगामी भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । 

ताजा

सबै

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

प्रदेश मन्त्रीद्धारा साइनिङ्ग अस्पतालको अनुगमन

पवन जायसवाल नेपालगन्ज, २५ भदौ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुग…

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

लोकप्रिय

सबै

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…