Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मुस्लिम महिलालाई नेतृत्व बिकास

डेक्स

डेक्स

मुस्लिम महिलालाई नेतृत्व बिकास
ADVERTISEMENT

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा शुरु भएको तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले महिलाहरुको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । 

उहाँले मुस्लिम समुदायमाका महिलाहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउदै आफ्नो हक अधिकारका लागि पैरबी गर्न आवश्यक रहेको बताउनुभयो । 

तालिममा लम्बिनी प्रदेश सभा सदस्य मिना सिद्दिकी बोहराले मुस्लिम महिलाहरु यसरी तालिममा सहभाही भएको देख्दा निकै हर्षित भएको बताउदै तालिमबाट मुस्लिम महिलाहरुले आफ्नो अधिकारहरुको बारेमा जानकार हुने बताउनुभयो । 

सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख उद्धव प्रसाद श्रेष्ठले तालिममा सक्रिय सहभागीता जनाइ तालिमका विषयवस्तुलाइ आत्म साथ गर्न सहभागीलाइ अनुरोध गर्नुभयो । 

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, महिलाको अवस्था र महिलावाद, नेतृत्व विकास, सकारात्मक सोच लगायतको विषयमा सहजीकरण गर्नुभयो ।   

तीन तिन सम्म चल्ने तालिमको उद्घाटन समारोहको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो भने बास नेपालका उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले स्वागत संगै तालिमको उद्देश्यमाथी जानकारी गराउनुभयो । 

तालिममा नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न वडाका ९० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…