Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

थारु गाउँमा बरका अटवारी पर्व मनाइँदै

डेक्स

डेक्स

थारु गाउँमा बरका अटवारी पर्व मनाइँदै
ADVERTISEMENT

कञ्चनपुर, २३ भदौः कञ्चनपुरका थारु समुदायका बस्तीमा बरका अटवारी पर्वको खुसियाली छाएको छ । प्रत्येक वर्ष शुक्लपक्षको पहिलो आइबारका दिन थारु समुदायले बरका अटवारी पर्व मनाउने गरेका छन् ।  

अटवारी पर्वका लागि खाद्यसँगै पूजा सामग्रीको तयारीमा गाउँमा पुरुष व्यस्त देखिन्छन् । शनिबार पिठो पिसाउने, तोरीको तेल पेल्ने, केरा पकाउने, तालतलैयाबाट सिद्रा माछा मार्ने, दुनाटपरी बनाउन पात खोजीलगायत काममा पुरुषहरु जुटेका छन् । 

बिहानै थारु समुदायका पुरुषले दर खाने गर्दछन् । दरमा भातसँगै कुखुराको मासु, सिद्रा माछा, तरकारीलगायत परिकार बिहानको २ बजेदेखि ३ बजेभित्र खाने गरिन्छ । दर कुखुरा बासेपछि खान नहुने स्थानीय जञ्जीर चौधरीले बताउनुभयो । बिहानै दर खाएका व्रतालु पुरुषले दिनभरि पानीसमेत नपिएर निरहार बस्नुपर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायका दाजुभाइले अटवारी पर्व मनाउने गरेका छन् । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके, बर्दिया, दाङलगायत क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

व्रतपछि गहुको पिठोबाट बनेको खुर्मा, अन्तिमको चामलबाट वरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पणगरी दिदीबहिनीलाई केही भाग छुट्याएर बचेको बाँकी व्रतालुले खाने चलन रहेको पीपलाडी गाउँका पूर्ववडघर नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । व्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्दछन् । यसलाई अग्रासन कर्हना भन्ने गरिएको उहाँले बताउनुभयो ।

बाँकेका थारु समुदायमा धार्मिक एवं साँस्कृतिक महत्व बोकेको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । 

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारु कल्याणकारी सभा बाँकेकी अध्यक्ष सङ्गीता चौधरीले बताउनुभयो ।

“व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग वर्तालुले खाने चलन रहेको छ”, उहाँले भन्नुभयो, “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।”

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बाहुल्यता रहेको दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाई भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको थारु समुदायका अगुवा बताउँछन् । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …