Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

थारु गाउँमा बरका अटवारी पर्व मनाइँदै

डेक्स

डेक्स

थारु गाउँमा बरका अटवारी पर्व मनाइँदै
ADVERTISEMENT

कञ्चनपुर, २३ भदौः कञ्चनपुरका थारु समुदायका बस्तीमा बरका अटवारी पर्वको खुसियाली छाएको छ । प्रत्येक वर्ष शुक्लपक्षको पहिलो आइबारका दिन थारु समुदायले बरका अटवारी पर्व मनाउने गरेका छन् ।  

अटवारी पर्वका लागि खाद्यसँगै पूजा सामग्रीको तयारीमा गाउँमा पुरुष व्यस्त देखिन्छन् । शनिबार पिठो पिसाउने, तोरीको तेल पेल्ने, केरा पकाउने, तालतलैयाबाट सिद्रा माछा मार्ने, दुनाटपरी बनाउन पात खोजीलगायत काममा पुरुषहरु जुटेका छन् । 

बिहानै थारु समुदायका पुरुषले दर खाने गर्दछन् । दरमा भातसँगै कुखुराको मासु, सिद्रा माछा, तरकारीलगायत परिकार बिहानको २ बजेदेखि ३ बजेभित्र खाने गरिन्छ । दर कुखुरा बासेपछि खान नहुने स्थानीय जञ्जीर चौधरीले बताउनुभयो । बिहानै दर खाएका व्रतालु पुरुषले दिनभरि पानीसमेत नपिएर निरहार बस्नुपर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायका दाजुभाइले अटवारी पर्व मनाउने गरेका छन् । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके, बर्दिया, दाङलगायत क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

व्रतपछि गहुको पिठोबाट बनेको खुर्मा, अन्तिमको चामलबाट वरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पणगरी दिदीबहिनीलाई केही भाग छुट्याएर बचेको बाँकी व्रतालुले खाने चलन रहेको पीपलाडी गाउँका पूर्ववडघर नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । व्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्दछन् । यसलाई अग्रासन कर्हना भन्ने गरिएको उहाँले बताउनुभयो ।

बाँकेका थारु समुदायमा धार्मिक एवं साँस्कृतिक महत्व बोकेको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । 

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारु कल्याणकारी सभा बाँकेकी अध्यक्ष सङ्गीता चौधरीले बताउनुभयो ।

“व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग वर्तालुले खाने चलन रहेको छ”, उहाँले भन्नुभयो, “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।”

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बाहुल्यता रहेको दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाई भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको थारु समुदायका अगुवा बताउँछन् । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…