Pairabi logo

माघ ०५, २०८१, शनिबार                    

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

सम्वाददाता

सम्वाददाता

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’
ADVERTISEMENT

काठमाडौँ, २३ भदौः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्‍यो । 

यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बिपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर  पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे ।  

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बन्नुभएका बिपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उहाँको धारणा प्रष्ट हुने बताउनुभयो ।

उहाँले सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको भन्नुहुँदै सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गर्नुभयो । “पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बिपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ”, बिपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहनुभएका वरिष्ठ पत्रकार कमलले भन्नुभयो । 

पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहनुभएका मदनमणि दीक्षितलाई बिपीले भन्नुभएको सरकारका गलत कामको आलोचना गरेर लेख्नु भन्ने भनाइलाई वर्तमान नेतृत्वले पनि अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो । गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बिपीको विचार रहेको पनि कोइरालाले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले बिपीलाई राजनीति, साहित्य, दर्शनलगायत विषयमा विभिन्न कार्यक्रम गर्ने गरिए पनि पत्रकारितासँग जोडेर पहिलोपटक बहस चलाएकामा खुसी व्यक्त गर्नुभयो । बिपीलाई बुझ्न उहाँले पत्रकारिता क्षेत्रलाई कसरी हेर्नुहुन्थ्यो भन्ने अध्ययन हुनु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

बिपीको सान्निध्य र प्रेरणाले नै आफू पत्रकारितामा लागेको उल्लेख गर्नुहुँदै विरहीले पत्रकारिता र पत्रकारले कसरी भूमिका निर्वाह गरेको छ भन्ने बिपीले सूक्ष्मरुपमा हेर्ने गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । “पञ्चायतकालमा बिपी भारत निर्वासनमा बस्नुहुँदा नेपालका गुप्तचर पत्रकारको भेषमा बिपीको कुरा बुझ्न र त्यहाँको अवस्था हेर्न जान्थे, तिनलाई चिनेर पनि बिपी सहज रूपमा अन्तरवार्ता दिनुहुन्थ्यो, उनीहरूलाई नि उहाँले हामीलाई जत्तिकै समान व्यवहार गर्नुभयो”, उहाँले  स्मरण गर्नुभयो । 

महासङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली प्रेस जगत्ले पहिलोपटक बिपी जयन्ती मनाएकामा खुसी व्यक्त गर्नुहुँदै पत्रकारिता क्षेत्रलाई माया गर्ने राजनीतिज्ञ चिन्न यस क्षेत्रले लामो समय लगाएको धारणा राख्नुभयो । उहाँले व्यक्ति केन्द्रित अहिलेको समाजमा भएका विषयलाई पत्रकारिताले पस्कन नसकेको अवस्था रहेको र यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “पत्रकारले समाज र देशलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, भाषाको सही प्रयोग गरेर जनचासोका विषयमा समाचार बनाउनुपर्छ, बिपीले पत्रकारिता क्षेत्रबाट गर्नुभएको अपेक्षा पनि यही हो”, उहाँले भन्नुभयो । 

युनियनका अध्यक्ष शिव लम्सालले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपीको पत्रकारिता बारेको बुझाइ, सहयोग र विविध आयामबारे उजागर गर्न प्रारम्भ गरिएकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । भदौ २४ अर्थात् बिपी जयन्तीको पूर्वसन्ध्यामा युनियनले कार्यक्रम आयोजना गरेको हो ।

ताजा

सबै

डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

बाँकेको नरैनापुर गाउँपालिका१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया…

लुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तिब्र

नेपालगञ्ज, ४ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्र…

वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो

नेपालगन्ज, ४ माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले व…

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्…

लोकप्रिय

सबै

बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल

कमल राज पौडेल बर्दिया, ३ माघ । पूर्व सिचाई मन्त्री एवं बर्दिया क्षेत्र नं.१ का निर्वाचि…

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्…

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृ…

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियो…

यो पनि

संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव

संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव

नेपालगन्ज, १८ पुस :जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोध…

सरकारलाई असफल हुने छुट छैन : मन्त्री  अधिकारी

सरकारलाई असफल हुने छुट छैन : मन्त्री अधिकारी

नेपालगन्ज, ७ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले …

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीद्धारा शपथ ग्रहण

लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीद्धारा शपथ ग्रहण

दाङ्ग, ८ कार्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । आज बि…