Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका

डेक्स

डेक्स

नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका
ADVERTISEMENT

नेपालगन्ज १७ भदौ । बाँकेको नरैनापुरमा झाडापखलाको प्रकोप नफैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा झाडापखलाको प्रकोपबाट ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि जिल्लाबाट स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली आज गेग्ली गाउँमा पुगेको थियो ।

झाडापखालाको प्रकोप नै फैलिएको अवस्था नरहेको टोलीले निष्कर्ष निकालेको छ । मृत्यु पनि झाडापखालाबाटै हो वा होइन त्यसको अनुसन्धान पनि भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । एक जना बालकको भने उच्च ज्वरो र जोर्नी दुख्ने लगायतका कारणबाट मृत्यु भएको पाइएको छ । उनलाई डेंगुको आशंका गरिएको छ ।

चार(पाँच दिनको फरकमा नरैनापुर गाउँपालिका–३ मा एउटै घरका ३ जना र अन्य एक जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ वर्षीय उषा पासी, १२ महिनाकी नन्दनी पासी र ६५ वर्षीया कान्ति पासी रहेका छन् । यस्तै १० वर्षीय युसुफ अलि शेषको पनि मृत्यु भएको थियो ।

उषालाई भदौ ११ गते वान्ता र झाडापखाला भएको थियो । त्यसपछि उपचारका लागि नरैनापुरको निजी मेडिकलमा लगिएको थियो । उषाको १२ गते मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले बताउनुभयो । पासीकी छोरी नन्दनीलाई १४ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उहाँलाई उपचारका लागि भारतको श्रावस्ती लैजाने क्रममा १६ गते मृत्यु भएको परिवारले जानकारी दिएका छन । काम्तीलाई १३ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उहाँको स्थानीय निजी मेडिकलमा उपचार गरिएको थियो । काम्तीको १४ गते घरमै मृत्यु भएको थियो । 

युसुफलाई भने उच्च ज्वरो, जोर्नी दुख्ने, तल्लो खुट्टा नचल्ने लगायतका लक्षण चिन्ह थिए । उक्त लक्षण चिन्ह युसुफलाई ९ गते देखिएको थियो । उपचारका लागि भारतको श्रावस्ती लैजाने क्रममा १२ गते मृत्यु भएको हो । युसुफको मृत्यु झाडापखालाबाट नभएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । लक्षण चिन्हका आधारमा उनको मृत्यु डेंगुबाट भएको आंशका गरिएको छ । ६ जना बिरामीहरु भने उपचारपछि घर फर्किसकेका छन् ।

मृत्यु भएकाहरुको झाडापखालाको प्रकोपकै कारण हो भन्न सक्ने अवस्था छैन, श्रेष्ठले भने फोहोर पानीको संक्रमण र खानपिन नमिल्दा समस्या देखिएको प्रारम्भिक अनुमान गरेका छौं । तर, त्यसको अनुसन्धान भइरहेको छ ।ू झाडापखालाको पुष्टि गर्न स्याम्पल कलेक्शन गरेर लक्षणपुर स्वास्थ्य चौकीमा पठाइएको छ । त्यसैगरी पानीको परीक्षण गर्न पनि खानेपानी कार्यालय नेपालगञ्जमा नमुना संकलन गरी पठाइएको छ । सम्भवतः भोलि रिपोर्ट आउनेछ, उहाँले भन्नुभयो नल्काको पानी अत्यन्तै प्रदूषित पाइएको र उनीहरुले त्यही पानी पिउने गरेका छन् ।

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…