Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका

डेक्स

डेक्स

नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका
ADVERTISEMENT

नेपालगन्ज १७ भदौ । बाँकेको नरैनापुरमा झाडापखलाको प्रकोप नफैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा झाडापखलाको प्रकोपबाट ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि जिल्लाबाट स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली आज गेग्ली गाउँमा पुगेको थियो ।

झाडापखालाको प्रकोप नै फैलिएको अवस्था नरहेको टोलीले निष्कर्ष निकालेको छ । मृत्यु पनि झाडापखालाबाटै हो वा होइन त्यसको अनुसन्धान पनि भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । एक जना बालकको भने उच्च ज्वरो र जोर्नी दुख्ने लगायतका कारणबाट मृत्यु भएको पाइएको छ । उनलाई डेंगुको आशंका गरिएको छ ।

चार(पाँच दिनको फरकमा नरैनापुर गाउँपालिका–३ मा एउटै घरका ३ जना र अन्य एक जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ वर्षीय उषा पासी, १२ महिनाकी नन्दनी पासी र ६५ वर्षीया कान्ति पासी रहेका छन् । यस्तै १० वर्षीय युसुफ अलि शेषको पनि मृत्यु भएको थियो ।

उषालाई भदौ ११ गते वान्ता र झाडापखाला भएको थियो । त्यसपछि उपचारका लागि नरैनापुरको निजी मेडिकलमा लगिएको थियो । उषाको १२ गते मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले बताउनुभयो । पासीकी छोरी नन्दनीलाई १४ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उहाँलाई उपचारका लागि भारतको श्रावस्ती लैजाने क्रममा १६ गते मृत्यु भएको परिवारले जानकारी दिएका छन । काम्तीलाई १३ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उहाँको स्थानीय निजी मेडिकलमा उपचार गरिएको थियो । काम्तीको १४ गते घरमै मृत्यु भएको थियो । 

युसुफलाई भने उच्च ज्वरो, जोर्नी दुख्ने, तल्लो खुट्टा नचल्ने लगायतका लक्षण चिन्ह थिए । उक्त लक्षण चिन्ह युसुफलाई ९ गते देखिएको थियो । उपचारका लागि भारतको श्रावस्ती लैजाने क्रममा १२ गते मृत्यु भएको हो । युसुफको मृत्यु झाडापखालाबाट नभएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । लक्षण चिन्हका आधारमा उनको मृत्यु डेंगुबाट भएको आंशका गरिएको छ । ६ जना बिरामीहरु भने उपचारपछि घर फर्किसकेका छन् ।

मृत्यु भएकाहरुको झाडापखालाको प्रकोपकै कारण हो भन्न सक्ने अवस्था छैन, श्रेष्ठले भने फोहोर पानीको संक्रमण र खानपिन नमिल्दा समस्या देखिएको प्रारम्भिक अनुमान गरेका छौं । तर, त्यसको अनुसन्धान भइरहेको छ ।ू झाडापखालाको पुष्टि गर्न स्याम्पल कलेक्शन गरेर लक्षणपुर स्वास्थ्य चौकीमा पठाइएको छ । त्यसैगरी पानीको परीक्षण गर्न पनि खानेपानी कार्यालय नेपालगञ्जमा नमुना संकलन गरी पठाइएको छ । सम्भवतः भोलि रिपोर्ट आउनेछ, उहाँले भन्नुभयो नल्काको पानी अत्यन्तै प्रदूषित पाइएको र उनीहरुले त्यही पानी पिउने गरेका छन् ।

 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…