Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

डेक्स

डेक्स

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट
ADVERTISEMENT

नेपालगञ्ज, भदौ १२ । नेपालगञ्ज उपमहानगरपालिकाको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो । 

स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी गत आर्थिक बर्ष २०८०र८१ मा प्रथम भएको हो । अघिल्लो बर्ष उदयपुर दोस्रो स्थानमा थियो । यस्तै वडा नम्बर २० स्थित मनिकापुर स्वास्थ्य चौकी दोस्रो भएको छ । यसैगरी सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र मध्ये वडा नम्बर ६ पहिलो र वडा नम्बर २ दोस्रो भएका छन् । 

आर्थिक बर्ष २०८०र८१ मा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको समापनमा उपप्रमुख कमरुद्दिन राईले उत्कृष्ट स्वास्थ्य चौकी र  सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्रका प्रमुखहरुलाई सम्मान एवम् पुरस्कृत गरेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुभयो । 

दुई दिनसम्म चलेको गोष्ठीमा नगरका सबै स्वास्थ्य संस्थाले कार्य प्रगति प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ६ का अध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया, मुजम्मिल हुसैन हलवाई, कुमारी पुष्पा सिंह, बिना थापा मगर, संगिता रेग्मी, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतको उपस्थिति थियो । 

समापन सत्रमा उपप्रमुख राई, प्रबक्ता रिजाल, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, जिआइजेडका लुम्बिनी संयोजक सुवास नेपाल, वडा नम्बर ११ स्वास्थ्य चौकी इन्चार्ज शर्मिला सुवेदीले मन्तब्य ब्यक्त गरेका थिए । दुई दिने गोष्ठीमा स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा जिआइजेडले प्राविधिक सहयोग गरेको थियो । 

यसैबीच गोष्ठीमा स्वास्थ्य संस्थाहरुले गरेको प्रस्तुतिकरणका आधारमा नगरका मुख्य स्वास्थ्य समस्याहरु पहिचान गरी कार्ययोजना समेत बनाइएको छ । चार वटा समूहमा विभाजन गरेर कार्ययोजना बनाइएको थियो । उच्च मातृ शिशु मृत्युदर, घरमा हुने सुत्केरी, अन्तिम खोपको प्रगतिमा कमी र गर्भवती महिलाको नियमित स्वास्थ्य जाँचलाई मुख्य समस्याको रुपमा चित्रण गरिएको जनस्वास्थ्य निरीक्षक शाहीले बताउनुभयो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …