Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

डेक्स

डेक्स

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट
ADVERTISEMENT

नेपालगञ्ज, भदौ १२ । नेपालगञ्ज उपमहानगरपालिकाको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो । 

स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी गत आर्थिक बर्ष २०८०र८१ मा प्रथम भएको हो । अघिल्लो बर्ष उदयपुर दोस्रो स्थानमा थियो । यस्तै वडा नम्बर २० स्थित मनिकापुर स्वास्थ्य चौकी दोस्रो भएको छ । यसैगरी सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र मध्ये वडा नम्बर ६ पहिलो र वडा नम्बर २ दोस्रो भएका छन् । 

आर्थिक बर्ष २०८०र८१ मा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको समापनमा उपप्रमुख कमरुद्दिन राईले उत्कृष्ट स्वास्थ्य चौकी र  सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्रका प्रमुखहरुलाई सम्मान एवम् पुरस्कृत गरेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुभयो । 

दुई दिनसम्म चलेको गोष्ठीमा नगरका सबै स्वास्थ्य संस्थाले कार्य प्रगति प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ६ का अध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया, मुजम्मिल हुसैन हलवाई, कुमारी पुष्पा सिंह, बिना थापा मगर, संगिता रेग्मी, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतको उपस्थिति थियो । 

समापन सत्रमा उपप्रमुख राई, प्रबक्ता रिजाल, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, जिआइजेडका लुम्बिनी संयोजक सुवास नेपाल, वडा नम्बर ११ स्वास्थ्य चौकी इन्चार्ज शर्मिला सुवेदीले मन्तब्य ब्यक्त गरेका थिए । दुई दिने गोष्ठीमा स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा जिआइजेडले प्राविधिक सहयोग गरेको थियो । 

यसैबीच गोष्ठीमा स्वास्थ्य संस्थाहरुले गरेको प्रस्तुतिकरणका आधारमा नगरका मुख्य स्वास्थ्य समस्याहरु पहिचान गरी कार्ययोजना समेत बनाइएको छ । चार वटा समूहमा विभाजन गरेर कार्ययोजना बनाइएको थियो । उच्च मातृ शिशु मृत्युदर, घरमा हुने सुत्केरी, अन्तिम खोपको प्रगतिमा कमी र गर्भवती महिलाको नियमित स्वास्थ्य जाँचलाई मुख्य समस्याको रुपमा चित्रण गरिएको जनस्वास्थ्य निरीक्षक शाहीले बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…