Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

डेक्स

डेक्स

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
ADVERTISEMENT

नेपालगन्ज, ३० साउनः लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८।८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ । 

आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउने ७५।२ रहेकामा आव २०७९÷८० मा ९४ प्रतिशत पुगेको हो । सङ्घीय सरकारद्वारा प्रदान गरिने स्वास्थ्य सेवालाई सदुपयोग गर्दै प्रसूतिपश्चात् तीनपटक स्वास्थ्य चौकीमा गएर सेवा लिने सुत्केरीको सङ्ख्या ३२।३ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृशिशु स्वास्थ्य फोकल पर्सन कौशल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७५/७६ मा २१।७ प्रतिशतले प्रसूतिपश्चात् तीनपटक स्वास्थ्य चौकीमा सेवा लिएकामा यो सङ्ख्या बढेर आव २०७९/८० मा ५४ प्रतिशत पुगेको छ ।

सुत्केरी हुनुभन्दा पहिला स्वास्थ्य संस्थामा गएर चारपटक प्रसूति सेवा लिएका महिलाको सङ्ख्या चार दशमलव पाँच प्रतिशतले वृद्धि भएको निर्देशनालयका मातृशिशु स्वास्थ्य फोकल पर्सन भण्डारीले बताउनुभयो । आव २०७५÷७६ मा उक्त सङ्ख्या ७७।५ रहेकामा आव २०७९/८० मा बढेर ८० प्रतिशत पुगेको थियो ।

लुम्बिनीमा मातृ मृत्युदरको सङ्ख्यामा कमी आएको छ । फोकल पर्सन भण्डारीका अनुसार गर्भवती हुँदा नियमित रुपमा स्वाथ्य जाँच गर्नाका साथै स्वास्थ्य चौकीमा गएर सुत्केरी गराएकाले मातृ मृत्यदरमा कमी आएको छ । प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदनका अनुसार पाँच वर्षमा प्रतिएक लाखमा मातृ मृत्युदरको सङ्ख्यामा समेत कमी आएको छ । आव २०७५/७६ मा प्रदेशमा एक लाख आमा सुत्केरी हुँदा ज्यान गुमाउनेको सङ्ख्या दुई सय १५ थियो । यो सङ्ख्या घटेर आव २०७९/८० मा पुग्दा दुई सय सात रहेको निर्देशनालयका मातृशिशु स्वास्थ्य फोकल पर्सन भण्डारीले जानकारी दिनुभयो । 

प्रदेशमा नवजात शिशु मृत्यदर र बालमृत्युदरको सङ्ख्यामा घट्दै गएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा कमी आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७५÷७६ मा प्रतिहजार जीवित बालबालिकामा ४५ जनाको मृत्यु हुने गरेको थियो । यो सङ्ख्या अहिले घटेर ३३ भएको छ । आव २०७९/८० मा आइपुग्दा प्रतिहजार जीवित बालबालिकाको मृत्युदर घटेर १२ मा पुगेको भण्डारीले बताउनुभयो । नवजात शिशुको मृत्युदर घटेसँगै प्रतिहजार जीवित शिशुमा ३० जनाको मृत्यु हुने गरेकामा आव २०७९/८० सम्म आइपुग्दा यो सङ्ख्या घटेर २१ जना पुगेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृशिशु स्वास्थ्य फोकल पर्सन भण्डारीले शिक्षा र जनचेतनाका कारण गर्भवती र सुत्केरी महिला, नवजातशिशु र बाल मृत्युदरको सङ्ख्यामा कमी आएको बताउनुभयो । सङ्घीय सरकारद्वारा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत गर्भवतीलाई सुत्केरी हुनुपूर्व र सुत्केरीपश्चात् ४२ दिनसम्मको सेवा निःशुल्क गरिएकाले पनि प्रदेशमा मातृ मृत्युदर र नवजातशिशुसँगै बालमृत्युदरको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…