Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी

डेक्स

डेक्स

बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी
ADVERTISEMENT

नेपालगन्ज २८ साउन । बाँकेमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारितासंगै बालबालिकाहरुको व्यवहारमा परिवर्तन देखिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको जिवनशैली समेत फेरिएको छ । 

रुम टु रिडले बाँकेको कोहलपुर नगरापलिका, राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा संचालन गरेको परियोजना अन्र्तगत बालिकाहरुको सिकाईमा परिवर्तन आएको छ । 

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथीका बालिकाहरुलाई जीवन उपयोगी सिप, मेन्टिरिङ्ग, परामर्श, परिवार विद्यालय र समुदायको संलग्नता, शैक्षिक सामाग्री सहयोगले बालिकाहरुमा परिवर्तन आएको परियोजनाका वरिष्ठ कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुवँरले बताउनुभयो । उहाँका अनुसार बालिका शिक्षा कार्यक्रम बाँके, बर्दिय, सल्यान, प्युठान, र कैलाली जिल्लामा सञ्चालन गरिएको छ । 

२०१५ देखि संचालित परियोजनाले विशेष गरि बालबालिकाहरुको जीवनशैलीमा परिवर्तन ल्याएको हो । बालबालिकाहरु क्लबमार्फत समुदायस्तरमा विभिन्न सचेतनामुलक अभियान समेत संचालन गरिरहेको रुमटुरिडका कार्यक्रम अधिकृत सुष्मा राईले बताउनुभयो । 

नेपालगन्जमा आज सोमबार बसेको परियोजना सल्लाहकार समितिको बैठक तथा समिक्षा कार्यक्रममा भएका उपलब्धीबारे जानकारी गराइएको थियो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले रुमटुरिडद्धारा सञ्चालित परियोजनाले विशेष गरि बालिकाबालिकाको व्यवहार परिवर्त गरेकोले जिल्लाका अन्य स्थानीय तहमा पनि कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता रहेको औल्लाउनुभयो । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामसुरेश यादवले विद्यालयमा गरिएका विभिन्न क्रियाकलाप तथा कार्यक्रमको प्रभावकारितालाई सिकाईको रुपमा अन्य विद्यालयमा पनि जोड्नुपर्नेमा जोड दिनुभयो । 

गैरसरकारी संस्था महासंघ बाँकेका सचिव आशिष बर्माले करिब १० बर्षे परियोजनाका मुख्य उपलब्धीलाई संस्थागत तथा दिगोपनामा चुनौती रहेकाले भए गरेका कार्यको अभिलेखीकरण गरि दस्ताबेजको रुपमा स्थापित गर्न सुभाव दिनुभयो । कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, पत्रकार राकेश कुमार मिश्र, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …