Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

तुलसी जयन्तीमा विभिन्न व्यक्तीलाई सम्मान

सम्वाददाता

सम्वाददाता

तुलसी जयन्तीमा विभिन्न व्यक्तीलाई सम्मान
ADVERTISEMENT

पवन जायसवाल 
बाँकेमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२७औं तुलसीदास जयन्ती, चौथा अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोह –२०८१, बृहत सम्मान समारोह सकिएको छ । 

कार्यक्रममा बिचार तथा बहुभाषिक कवि गोष्ठी, लोकनृत्य सहित शुभकामना ६५ जना साहित्यकार, समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।  अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा समाजसेवी पशुपति दयाल मिश्र, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, पूर्व प्राज्ञ सदस्य सचिव सनत कुमार रेग्मीले शिरोमणि तुलसीदास जी महाराजको बारेमा चर्चा गर्नुभएको थियो । 

चर्तुथ अन्तरदेशीय अवधी रजत सम्मान –२०८१ बाट ६० जनालाई समाजसेवी र साहित्यकारहरुलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, डा. फरहत बानौं,  डा. दिपेश गुप्ता, ३८ वर्ष शिक्षा पेशामा रहनुभएका सुशीला शर्मा, निरु रस्तोगी, समाजसेवी कृष्ण मुरारी प्रसाद भट्ट, सरिता बैश्य, पत्रकार सिराज खान, पत्रकार शंकर प्रसाद खनाल, ईश्वरी प्रसाद रिजाल, डा. प्रकाश बहादुर थापा, कमान सिंह बोहरा, कोहलपुर नेपाल टेलिभजनका कार्यक्रम उत्पादक रामचन्द्र लोहार, बैरागी कवि, खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति इन्द्र बहादुर भण्डारी, दाङका पटवारीलाल यादव, तौलिहवा निरहू यादव, तारा यादव, कल्पना पौडेल “ जिज्ञासु” युवराज गुप्ता, मंगल प्रसाद माध्यमिक बिद्यालयका प्राचार्य सन्ध्या गुप्ता, समालोचक÷साहित्यकार चरित्रा शाह, हरपाल रनहोत्रा, नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत रहनुभएको छ । 

यसैगरि नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२० का वडाध्यक्ष कौशल कुमार धोबी, समाजसेवी बसन्त कुमार कनौजिया, डा.राहुल मिश्र, डा. इन्द्रजीत सिंह, कृपा हस्पिटलका डा.प्रवीण गुप्ता, डा. प्रकाश नाग, डा. पीयूश कनौडिया, समााजसेवी जितेन्द्र सिंह, खेल पे्रमी राज कुमार बैश्य, भारत लखनऊ आकाशवाणीका प्रस्तोता कृष्ण प्रसाद तिवारी, प्रदीप बहराइची, प्रीतम श्रावस्ती, रायबरेलीका इन्द्र बहादुर सिंह “इन्द्रेश”, शिव प्रताप जायसवाल सीतापुर, चन्द्रगत भारती, तमन्ना “दिलकश”, लक्ष्मी कान्त त्रिपाठी, तिलकराम अजनवी, शिवाँनी राज, अवधी साधक प्रमोद कुमार साधकलाई सम्मान गरिएको छ । 

यसैगरि कैशरगञ्ज बहराइचका अजीज कुमार मौर्य, सोमेश सावन, सीतापुरका डा. सतिश चन्द्र वर्मा, बहराइचका हस्य कवि पीके प्रचण्ड, आचार्य अनीश देहाती, अयोध्याका रामानन्द सागर, डा.अनुज नगेन्द्र, देशराज सिंह, बिसंवाँ सीतापुरका सन्दीप मिश्र “सरस”, खूबपुर सीतापुरका डा. मनोज दिक्षित, प्रवीण कुमार पाण्डेय आवारा, अम्ब्रिस श्रीवास्तव, दया शंकर रायबरेली, रायबरेलीका शिव बहादुर सिंह “दिलवर”, कृष्ण प्रसाद तिवारी लगातयलाई सम्मान गरिएको थियो । 

यसैगरीे बिमला–बिष्णु अवधी सेवा सम्मान–२०८० बाट नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, अवधी लोक गायक लक्षमण पे्रमी राजपूत, कार्यक्रम प्रस्तोता रेडियो कृष्णसार एफ.एमका चन्दा सिंह., लोक गायक मधई सिंह सरदार, उत्तर प्रदेश रायबरेलीका इन्द्र बहादुर सिंह “इन्द्रेश” लाई जनही नगद रु. ५०५÷–रुपैयाका दरले सम्मान–पत्र प्रदान गरियो । 

कार्यक्रममा बैष्णवी बैश्य र गौरी बैश्यले कजरी नृत्य, रेखा बैश्य तुल्सी भजन र सुशीला बैश्यले कजरी गीत प्रस्तुत गरेकी थिइन भने आराधना बैश्य, निरहू यादव, मञ्जु बैश्य, कृष्णा देवी पाण्डेय, मो. मुस्तफा अहसन कुरैशी, पत्रकार शंकर प्रसाद खनाल (जनप्रिय खनाल) र सम्मानित व्यक्तत्वहरु लगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …