Pairabi logo

असोज २६, २०८३, सोमबार                    

म दोषी छु भने मलाई जेल होइन फाँसी दिनुस् : मन्त्री कुर्मी

डेक्स

डेक्स

म दोषी छु भने मलाई जेल होइन फाँसी दिनुस् : मन्त्री कुर्मी
ADVERTISEMENT

नेपालगञ्ज १३ साउन । लुम्विनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीले मानवअधिकारकर्मीको खोल ओढेका निहित स्वार्थसिद्ध व्यक्तिले पैसाका लागि आफुमाथि निर्मला कुर्मीको हत्या आरोप लाद्ने प्रयास गरेको बताउनुभएको छ ।

यदि कोही कसैमाथि धेरै अनुसन्धान भएको छ, भने त्यो मेरो माथि भएको छ,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘सिआईबीले हालसम्म पाँच पटक मेरो बारेमा अनुसन्धान गरिसकेको छ । म दोषी भएको भए मलाई सजाय दिन्थ्यो होला त ? ‘निर्मला कुर्मी जसको हत्या भयो भन्ने आरोप ममाथि लगाइएको छ । त्यसका बिषयमा संचारकर्मी स्वयंमले पनि अनुसन्धान गरेर सत्य तथ्य समाचार लेख्ने हो,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘कुनै कुरामा समस्या छ भन्ने कुरा राज्यको चौथौ अंङ्गले औल्याउनुपर्नेमा आफै न्यायधिस भएका छन् , यो गलत हो ।’

राजधानी काठमाण्डौं बसेर घट्नाको वास्तविकता अनुसन्धान नगरेर एक महिलाको भनाईको आधारमा समाचार लेख्नुभन्दा बाँके आएर सत्य सथ्य रिर्पोटिङ्ग गर्न पत्रकारलाई आग्रह गर्नुभयो । आफू निर्दोष रहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘म दोषी भए जेल होइन फाँसीको सजाय भोग्न तयार छु ।’ मलाई दोषी ठहराउनुस न म अनि दोषी प्रमाणित भएमा मलाई जोल होइन् तत्काल फाँसी दिनुस । म त्यो सहन तयार छु तर गलत असत्य कुरा नगर्नुस ।

प्रहरी प्रशासनले त अनुसन्धान गरैकै छ खोई अहिलेसम्म केही पाएन उहाँले भन्नुभयो, मेरो कुनै पाउर पनि छैन, मेरो नजिकको प्रहरी अनुसन्धानकर्ता पनि छैन अनि म कसरी अनुसन्धानलाई प्रभावमा पार्न सक्छु ? 

नेपाल प्रेस युनियन बाँके शाखाले आईतबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कुर्मीलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै व्यवसायिक पत्रकारिताको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले मिडियाबाट आफु लक्षित विषयमा आइरहेका समाचारप्रति यर्थाथता बुझिदिन समेत आग्रह गर्नुभयो ।

‘नेपाल प्रेस युनियन बाँके शाखाले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कुर्मीलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै व्यवसायिक पत्रकारिताको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले मिडियाबाट आफु लक्षित विषयमा आइरहेका समाचारप्रति यर्थाथता बुझिदिन समेत आग्रह गर्नुभयो । जब जब म निर्वाचनमा होमिँए, कुनै पद पाए, त्यो बेला रुबि खान लगायत केही व्यक्तिहरु मेरो चरित्र हत्या गर्न खोजे,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘मैले उसको कहिल्यै केही बिगारेको पनि छ्रैन्, उसको केही खाएको पनि छैन, तर पनि म बिरुद्ध उनीहरु लागेका छन् । ४० वर्षको राजनीतिमा मैले कसैको केही बिगारेको छैन, कसैसँग एक रुपियाँ पनि लिएको छैन।’

प्रेस युनियन बाँकेको अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष जय सिंह केसी, महासचिव नविन गिरी, नेपाली कांग्रेसका महासमिति सदस्य अजित शर्मा, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्नु मल्ल, युनियन प्रदेश सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, अग्रज पत्रकार एवं युनियनका नेता निरज गौतम र बिजय बर्मा, पत्रकार महासंघ लुम्बिनीका सल्लाहकार राकेश कुमार मिश्र, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, नेपाली कांग्रेस लुम्बिनीका प्रचार विभाग सदस्य रविन्द्र घिमिरे, पत्रकार महासंघ लुम्बिनीका सदस्य मोहम्मद आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…