Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

म दोषी छु भने मलाई जेल होइन फाँसी दिनुस् : मन्त्री कुर्मी

डेक्स

डेक्स

म दोषी छु भने मलाई जेल होइन फाँसी दिनुस् : मन्त्री कुर्मी
ADVERTISEMENT

नेपालगञ्ज १३ साउन । लुम्विनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीले मानवअधिकारकर्मीको खोल ओढेका निहित स्वार्थसिद्ध व्यक्तिले पैसाका लागि आफुमाथि निर्मला कुर्मीको हत्या आरोप लाद्ने प्रयास गरेको बताउनुभएको छ ।

यदि कोही कसैमाथि धेरै अनुसन्धान भएको छ, भने त्यो मेरो माथि भएको छ,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘सिआईबीले हालसम्म पाँच पटक मेरो बारेमा अनुसन्धान गरिसकेको छ । म दोषी भएको भए मलाई सजाय दिन्थ्यो होला त ? ‘निर्मला कुर्मी जसको हत्या भयो भन्ने आरोप ममाथि लगाइएको छ । त्यसका बिषयमा संचारकर्मी स्वयंमले पनि अनुसन्धान गरेर सत्य तथ्य समाचार लेख्ने हो,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘कुनै कुरामा समस्या छ भन्ने कुरा राज्यको चौथौ अंङ्गले औल्याउनुपर्नेमा आफै न्यायधिस भएका छन् , यो गलत हो ।’

राजधानी काठमाण्डौं बसेर घट्नाको वास्तविकता अनुसन्धान नगरेर एक महिलाको भनाईको आधारमा समाचार लेख्नुभन्दा बाँके आएर सत्य सथ्य रिर्पोटिङ्ग गर्न पत्रकारलाई आग्रह गर्नुभयो । आफू निर्दोष रहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘म दोषी भए जेल होइन फाँसीको सजाय भोग्न तयार छु ।’ मलाई दोषी ठहराउनुस न म अनि दोषी प्रमाणित भएमा मलाई जोल होइन् तत्काल फाँसी दिनुस । म त्यो सहन तयार छु तर गलत असत्य कुरा नगर्नुस ।

प्रहरी प्रशासनले त अनुसन्धान गरैकै छ खोई अहिलेसम्म केही पाएन उहाँले भन्नुभयो, मेरो कुनै पाउर पनि छैन, मेरो नजिकको प्रहरी अनुसन्धानकर्ता पनि छैन अनि म कसरी अनुसन्धानलाई प्रभावमा पार्न सक्छु ? 

नेपाल प्रेस युनियन बाँके शाखाले आईतबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कुर्मीलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै व्यवसायिक पत्रकारिताको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले मिडियाबाट आफु लक्षित विषयमा आइरहेका समाचारप्रति यर्थाथता बुझिदिन समेत आग्रह गर्नुभयो ।

‘नेपाल प्रेस युनियन बाँके शाखाले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कुर्मीलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै व्यवसायिक पत्रकारिताको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले मिडियाबाट आफु लक्षित विषयमा आइरहेका समाचारप्रति यर्थाथता बुझिदिन समेत आग्रह गर्नुभयो । जब जब म निर्वाचनमा होमिँए, कुनै पद पाए, त्यो बेला रुबि खान लगायत केही व्यक्तिहरु मेरो चरित्र हत्या गर्न खोजे,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘मैले उसको कहिल्यै केही बिगारेको पनि छ्रैन्, उसको केही खाएको पनि छैन, तर पनि म बिरुद्ध उनीहरु लागेका छन् । ४० वर्षको राजनीतिमा मैले कसैको केही बिगारेको छैन, कसैसँग एक रुपियाँ पनि लिएको छैन।’

प्रेस युनियन बाँकेको अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष जय सिंह केसी, महासचिव नविन गिरी, नेपाली कांग्रेसका महासमिति सदस्य अजित शर्मा, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्नु मल्ल, युनियन प्रदेश सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, अग्रज पत्रकार एवं युनियनका नेता निरज गौतम र बिजय बर्मा, पत्रकार महासंघ लुम्बिनीका सल्लाहकार राकेश कुमार मिश्र, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, नेपाली कांग्रेस लुम्बिनीका प्रचार विभाग सदस्य रविन्द्र घिमिरे, पत्रकार महासंघ लुम्बिनीका सदस्य मोहम्मद आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…