Pairabi logo

पुस १२, २०८२, शनिबार                    

नेपालगन्जमा चार सय स्वयंसेवकलाई विपद्मा खोज र उद्धारको तालिम

डेक्स

डेक्स

नेपालगन्जमा चार सय स्वयंसेवकलाई विपद्मा खोज र उद्धारको तालिम
ADVERTISEMENT

नेपालगन्ज, ३ साउन । विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ। चार सय जनालाई कृत्रिम घटना अभ्यासमा संलग्न गराइएको नेपाल रेढक्रस सोसाइटी बाँकेका उप निर्देशक दोलबहादुर डाँगीले बताउनुभयो । 

तालिम प्राप्त स्वयंसेवकहरुले विपद्को जनेखिम न्युनीकरण, पुर्व तयारी र सावधानी तथा खोज र उद्धार, प्राथमिक उपचारलगायतका बारेमा अन्य स्थानीयलाई सचेत गराइरहेका छन । 

नेपालगन्जमा सञ्चालन गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सूपर)ले गर्दा विपद् व्यवस्थापन तथा पूर्व तयारीका विभिन्न प्रभावकारी काम गरिएको नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताउनुभयो। उहाँले नगरमा विपद् व्यवस्थापनका लागि सञ्चालित परियोजनाले ठुलो सहयोग पुगेको भन्दै उपमहानगरपालिकाले आगामी दिनमा विपद्को समयमा प्रभावकारी कार्य गर्ने क्षमता विकास भएको बताउनुभयो। 

नेपालगन्जका केही पुराना बस्ती भूकम्पको धेरै ठुलो जोखिममा रहेकोले सञ्चालन गरिएको आवासीय बिमा कार्यक्रमले निकै राहत पुग्ने छ । विपद् समिति नेपालगन्जका संयोजक समिरप्रताप सिंहले कुनै पनि विपद्का लागि नेपालगन्जलाई नयाँ तरिकाले पूर्ण रूपमा तयार पारिएको जनाउँदै क्षतिलाई कम भन्दा कममा सीमित पार्ने योजना रहेको बताउनुभयो। 

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारण स्थापित र विपद् पुर्व तयारी कालागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने (जस्तै रेट्रोफिटिङ्ग, स्वय्मसेवक तालम, आगलागी समन्धी अभिमुखीकरण, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…