Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाल सुधार गृहमा रहेका बालबन्दीमा छाला रोगको सङ्क्रमण

डेक्स

डेक्स

बाल सुधार गृहमा रहेका बालबन्दीमा छाला रोगको सङ्क्रमण
ADVERTISEMENT

बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ । उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालकहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरूको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको समस्या पाइएको हो ।

एक्भोकेसी फोरम नेपाल, जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालतले जयेन्दु बाल सुधार गृह र भेरी अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २० जना बाल बन्दीले स्वास्थ्य सेवा लिएको एड्भोकेसी फोरमका लुम्बिनी संयोजक वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सुधार गृहमा रहेकामध्ये छालासम्बन्धी स्क्रिनिङ्ग गर्दा १ सय २० जनालाई उक्त रोगको सङ्क्रमण पाइएको र उनीहरूलाई उपचार गरिएको थियो ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डा।अस्मिता गौतम र अस्पताल नर्सिङ निरीक्षक वसुन्धरा ज्ञवालीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, घमौरा, फङ्गल इन्सेक्सन, किराको एलर्जी, डन्डिफोर, छालामा ब्याक्टेरिया इन्फेक्सनको समस्या देखिएको डा।अस्मिता गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य जाँच गरिएकामध्ये १ सय २० जना बालकमा छालासम्बन्धी रोगको समस्या देखिएको थियो । अन्य केही बालकहरूमा अन्य स्वास्थ्य समस्या देखिएको थियो । गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि भेरी अस्पतालमा जानका लागि सुझाव दिइएको डा। गौतमले बताउनुभयो ।

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले जानी नजानी कानुनी विवादमा परेका बालकहरूले विगतलाई बिर्सेर असल नागरिक बन्नुपर्नेमा जोड दिनुभयो । सुधार गृहमा बालकहरूले गल्तीको महसुस गर्दै आचरणमा सुधार गरेको अवस्थामा अदालतले सजाय स्थगित गर् नसक्ने कानुनी प्रावधान रहेको बताउनुभयो । हालसम्म बाँके जिल्ला अदालतले ६ जना बालकको सजाय स्थगित गरेको उहाँले जानकारी दिनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बाल बन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा पुर्न स्थापना हुन सहज हुने बताउनुभयो ।

एड्भोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता वसन्त गौतमले सुधार गृहमा ठुलो सङ्ख्यामा छाला रोगको सङ्क्रमण फैलिएपछि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिँदै सुधार गृहमा नियमित रुपमा स्वास्थ्य उपचार आवश्यक देखिएको बताउनुभयो । उहाँले फोरमले बाल सुधार गृहमा रहेका बालकहरूका लागि खेलकुद, लत्ताकपडालगायत पुर्न स्थापना र आवश्यक कानुनी सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

बाल सुधार गृहका इन्चार्ज विमला काउचामगरले सुधार गृहका बालकहरूलाई आफूले छोराको रूपमा व्यवहार गर्ने गरेको भन्दै बालकहरूले पनि असल आचरण राख्नुपर्ने बताउनुभयो । स्वास्थ्य शिविरले बालकहरूको स्वास्थ्य उपचारमा मद्दत पुगेको भन्दै उहाँले फोरमले अहिलेसम्म बाल सुधार गृहमा रहेका बालकहरूका लागि स्वास्थ्य, शिक्षा, खेलकुद, पुर्न स्थापना लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले कानुनी विवादमा रहेका ५ जना बालकहरूलाई एड्भोकेसी फोरम नेपालद्वारा समाजमा पुनर्स्थापनाका लागि प्रति बालक बिस हजार रुपियाँका दरले उपलब्ध गराइएको एक लाखको बैङ्क विवरण विमला काउचामगरलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त रकम बालक छुट्ने बेलामा प्रदान गरिने र उनीहरूले समाजमा गएर सानोतिनो पेसा व्यवसाय गरी समाजमा पुर्न स्थापना हुन सजिलो हुने बताइएको छ । समाजमा कुनै सानो तिनो पेसा व्यवसाय गरेर पुर्न स्थापना हुन सहज भन्ने उद्देश्यले जयेन्दु बाल सुधार गृहमा रहेका बालकहरूलाई जीविकोपार्जन सहयोग गर्दै आएको एड्भोकेसी फोरमले जनाएको छ ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…