Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम

डेक्स

डेक्स

अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम
ADVERTISEMENT

नेपालगन्ज २३ असार : अस्पतालहरुमा मृत्युको घटनालाई कम गर्न तथा प्रभावकारी सेवाका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकस्मिक आधारभुत स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत १२ वटा जिल्लाका २४ जना अस्पतालका चिकित्सक, स्टाप नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको छ । नेपालगन्जमा आयोजित तालिममा अस्पतालहरुमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, विरामी आउनेवित्तिकै त्यसको समस्या तथा निदान कसरी पहिचान गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने विरामीहरुको पहिलो उपचार कसरी गर्नेलगायतका बारेमा क्षमता अभिबृद्धि गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । 

उहाँका अनुसार यस क्षेत्रमा रहेका अस्पतालहरुमा सब भन्दा पहिले आकस्मिक सेवामा आउने विरामीको निदान तथा उपचार विधी र हेरचाह गर्ने बारेमा त्यहा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको भुमिकालाई प्रभावकारी बनाउन तालिम दिइएको हो । नेपालमा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका आकस्मिक कक्षमा आउने जटिल समस्याका विरामीहरुको करिब ५० प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको तथ्याक रहेको मन्त्रालयका प्रबक्ता बुढाथोकीले बताउनुभयो । 

विरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ उहाँले भन्नुभयो,–‘यो तालिम पश्चात तालिम लिएका जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यहवारमा परिवर्तन ल्याउने छन भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाई हुनेछ ।’

मन्त्रालयले विगत तीन वर्षदेखि यो तालिम प्रदान गर्दै आएको छ । अहिलेसम्म आठ सय ११ जनालाई तालिम प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । तालिम पश्चात आफ्नो अनुभव सुनाउदै डोल्पा अस्पतालका डा. आकषर्ण तिम्लिसेनाले यो तालिमले हामीलाई धेरै कुराको गम्भीरताको बारेमा सिकाएको भन्दै हामीले विरामीको उपचारमा धेरै कुराहरु विर्सीरहेका हुन्थ्यो त्यो कुरा थाह भएको बताउनुभयो । 

उहाँले तालिममा सिकेका कुरालाई अस्पतालका अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सिकाउने र विरामीको केयरमा विशेष ध्यान दिई उपचारमा लाग्ने प्रतिबद्धता गर्नुभयो ।

तालिमको समापन समारोहमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका खगेन्द्र पंङ्गेनी, भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्ड डा पवनजंङ्ग रायमाझी, प्रशिक्षक डा अरविन्द शाक्यलगायतले विरामीको रोगको निदानको अभाव र समयमा उपचार नपाएर विभिन्न घटनाहरु भईरहेकाले सब भन्दा पहिला आउने विरामीको हेरचाहमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । 

तालिमको ११औँ व्याचमा २४ जनालाई तालिम प्रदान गरिएको हो । तालिमका लागि युएसएआइडीलगायतका अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन । 


 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…