Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम

डेक्स

डेक्स

अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम
ADVERTISEMENT

नेपालगन्ज २३ असार : अस्पतालहरुमा मृत्युको घटनालाई कम गर्न तथा प्रभावकारी सेवाका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकस्मिक आधारभुत स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत १२ वटा जिल्लाका २४ जना अस्पतालका चिकित्सक, स्टाप नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको छ । नेपालगन्जमा आयोजित तालिममा अस्पतालहरुमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, विरामी आउनेवित्तिकै त्यसको समस्या तथा निदान कसरी पहिचान गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने विरामीहरुको पहिलो उपचार कसरी गर्नेलगायतका बारेमा क्षमता अभिबृद्धि गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । 

उहाँका अनुसार यस क्षेत्रमा रहेका अस्पतालहरुमा सब भन्दा पहिले आकस्मिक सेवामा आउने विरामीको निदान तथा उपचार विधी र हेरचाह गर्ने बारेमा त्यहा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको भुमिकालाई प्रभावकारी बनाउन तालिम दिइएको हो । नेपालमा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका आकस्मिक कक्षमा आउने जटिल समस्याका विरामीहरुको करिब ५० प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको तथ्याक रहेको मन्त्रालयका प्रबक्ता बुढाथोकीले बताउनुभयो । 

विरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ उहाँले भन्नुभयो,–‘यो तालिम पश्चात तालिम लिएका जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यहवारमा परिवर्तन ल्याउने छन भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाई हुनेछ ।’

मन्त्रालयले विगत तीन वर्षदेखि यो तालिम प्रदान गर्दै आएको छ । अहिलेसम्म आठ सय ११ जनालाई तालिम प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । तालिम पश्चात आफ्नो अनुभव सुनाउदै डोल्पा अस्पतालका डा. आकषर्ण तिम्लिसेनाले यो तालिमले हामीलाई धेरै कुराको गम्भीरताको बारेमा सिकाएको भन्दै हामीले विरामीको उपचारमा धेरै कुराहरु विर्सीरहेका हुन्थ्यो त्यो कुरा थाह भएको बताउनुभयो । 

उहाँले तालिममा सिकेका कुरालाई अस्पतालका अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सिकाउने र विरामीको केयरमा विशेष ध्यान दिई उपचारमा लाग्ने प्रतिबद्धता गर्नुभयो ।

तालिमको समापन समारोहमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका खगेन्द्र पंङ्गेनी, भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्ड डा पवनजंङ्ग रायमाझी, प्रशिक्षक डा अरविन्द शाक्यलगायतले विरामीको रोगको निदानको अभाव र समयमा उपचार नपाएर विभिन्न घटनाहरु भईरहेकाले सब भन्दा पहिला आउने विरामीको हेरचाहमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । 

तालिमको ११औँ व्याचमा २४ जनालाई तालिम प्रदान गरिएको हो । तालिमका लागि युएसएआइडीलगायतका अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन । 


 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…