Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डेक्स

डेक्स

नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
ADVERTISEMENT

नेपालगन्ज, १४ असार । नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेपछि नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो । यो संगै जिल्लाका आठ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन् ।

नेपालगन्जका २३ वडाका १६ देखि ५९ महिनाका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनुपर्ने खोपको लक्षित ८५६४ जना मध्ये ८१७१ ९९६ प्रतिशत० घरधुरी सर्वेक्षण गर्दा पूर्ण खोप लगाएको र बाँकी ४ प्रतिशत बालबालिकालाई खोपको दायरामा ल्याई नियमानुसार खोप प्रदान गरी पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिनुभयो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रत्येक वर्ष माघ र फाल्गुन महिनामा खोज र खोप अभियान तथा घरधुरी सर्वेक्षण गरिन्छ । त्यसपछि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले खोप लगाउन सुरु गरेरनगरेको नामावली सूचीकृत गरिन्छ र १६ देखि २३ महिनाका बालबालिकाहरुले पूर्ण खोप पाए नपाएको सर्वेक्षण गरी छुटेका सबै बालबालिकालाई वैशाख महिनामा पूर्ण खोप दिएपछि वडा हुँदै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम नेपालगन्जका उपप्रमुख राईको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, २३ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, विभिन्न शाखा प्रमुख, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, २३ वटै वडाका स्वास्थ्य संस्था प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चौधरी, उपप्रमुख राई, जिल्ला समन्वय अधिकारी विक्रम पाण्डे, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर ६ स्वास्थ्य संस्था प्रमुख नवराज न्यौपानेले मन्तव्य ब्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…