Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सम्वाददाता

सम्वाददाता

डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
ADVERTISEMENT

डुडुवा (बाँके) ५ असार । बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आज बुधबार एक कार्यक्रमका विच डुडुवालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । 

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनु भएका चौधरीले पुर्ण खोप घोषणा गर्दै पालिकाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले सबै सरोकारवालाको सहयोगमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको कार्यले पुर्णता पाएको बताउनुभयो । 

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले पशु स्वास्थ्य उपचारमा अधिराज्यकै नमूना पालिकाको रुपमा काम गरिरहेको दाबी गर्दै स्वास्थ्य क्षेत्र पनि मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य लगायतका सेवालाई प्रभावकारी बनाउन सिसि क्यामरामार्फत समेत निगरानी गरिरहेको भन्दै अझ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताउनुभयो । 

अध्यक्ष चौधरीले पालिकाका तीन स्थानमा निःशुल्क प्रयोगशालामार्फत सेवा प्रदान गर्दै आएकोले अब तीन नं. वडामा थप प्रयोगशाला संचालन गर्न लागेको जानकारी गराउनुभयो । पालिकाले विशेष रणनितिका साथ शिक्षा लगायतका क्षेत्रमा विशेष योजनाका साथ अघि बढेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जन्मिएका बालबालिकाहरुको पहिलो सुरक्षाको रुपमा खोप रहेकोले सबै बालबालिकाहरुलाई सम्पुर्ण खोप प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने भएकाले कुनै पनि खोप छुटाउन नहुने भन्दै सबैले आ–आफ्नो तहबाट सहयोग गर्न आग्रह गर्नुभयो । 

गाउँ समुदायमा खोज पड्ताल गरि खोप लगाउन छुटेका १४३ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाका अनुसार डुडुवामा ३ हजार ३११ बालबालिकालाईलाई खोप लगाउने लक्ष्य सत प्रतिशत पुरा भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्थानीय समन्वय अधिकारी विक्रम प्रसाद पाण्डे, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, वडा सदस्य राधेश्याम मौर्य, डब्लु.एच.ओ.का प्रतिनिधिहरु डा. प्रस्तुती शर्मा, सरला न्यौपाने, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेशबाबु श्रेष्ठ, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिती रहेको थियो ।

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…