Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

अत्याधिक बढेको गर्मीले अस्पतालमा विरामी भरिभराउ

सम्वाददाता

सम्वाददाता

अत्याधिक बढेको गर्मीले अस्पतालमा विरामी भरिभराउ
ADVERTISEMENT

नेपालगन्ज, १ असार : तातो हावा ‘लू’ले अत्याधिक बढेको गर्मीका कारण यहाँका अस्पताल र स्वास्थ्य संस्थाहरूमा गर्मीका बिरामीको संख्या बढेको छ ।

सबैभन्दा बढी गर्मी (हीट वेभ)का कारण ‘लू’ लागेर झाडापखाला, वान्ता, पेट दुख्ने, एक्कासी बेहोस भएका, टाउको दुखेका र रक्तचाप घटेर अर्धचेत हुन लागेको बिरामीहरु ठुलो संख्यामा उपचारका लागि आउने गरेको भेरी अस्पतालले जनाएको छ । 

अस्पतालको ओपिडी र आकस्मिक कक्षमा आउने बिरामी मध्ये अधिकांश गर्मीले पिडित भएको भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो । उहाँले भेरी अस्पतालको ओपिडीमा सरदर दैनिक दुई सय जना बिरामी आउने गरेकोमा अहिले त्यो संख्या बढेर चारसयको हाराहारीमा पुगेको बताउनुभयो । 

बिरामीको चाप बढेसँगे भेरी अस्पतालमा बिरामीहरूलाई बेड पाउन समस्या भइरहेको छ । सूचना अधिकारी डा. रिसालले अस्पतालमा आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरूमा बिरामी भरिभराउ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भेरीमा बिरामीको चाप यस्तो छ कि आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरू भरिएका छन्, अन्य बेला यस्तो हुँदैनथ्यो । तर अहिले नयाँ बिरामी आए उपचारमा समस्या छ ।’

भेरी अस्पतालसँगै नेपालगन्जस्थित नर्सिङ होम, वेस्टर्न अस्पताल, सिद्धार्थ अस्पताल, मेडिकल कलेज कोहलपुर लगायतका अस्पतालमा बिरामीको चाप अहिले अत्यधिक बढेको छ । 

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, हात गोडा बाउँडिने, हात गोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने हुँदा सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन् । अहिले नेपालगन्जको तापक्रम ४३ डिग्री भन्दा बढी नै हुने गरेको छ । 
–––

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…