Pairabi logo

असोज २६, २०८३, सोमबार                    

अत्याधिक बढेको गर्मीले अस्पतालमा विरामी भरिभराउ

सम्वाददाता

सम्वाददाता

अत्याधिक बढेको गर्मीले अस्पतालमा विरामी भरिभराउ
ADVERTISEMENT

नेपालगन्ज, १ असार : तातो हावा ‘लू’ले अत्याधिक बढेको गर्मीका कारण यहाँका अस्पताल र स्वास्थ्य संस्थाहरूमा गर्मीका बिरामीको संख्या बढेको छ ।

सबैभन्दा बढी गर्मी (हीट वेभ)का कारण ‘लू’ लागेर झाडापखाला, वान्ता, पेट दुख्ने, एक्कासी बेहोस भएका, टाउको दुखेका र रक्तचाप घटेर अर्धचेत हुन लागेको बिरामीहरु ठुलो संख्यामा उपचारका लागि आउने गरेको भेरी अस्पतालले जनाएको छ । 

अस्पतालको ओपिडी र आकस्मिक कक्षमा आउने बिरामी मध्ये अधिकांश गर्मीले पिडित भएको भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो । उहाँले भेरी अस्पतालको ओपिडीमा सरदर दैनिक दुई सय जना बिरामी आउने गरेकोमा अहिले त्यो संख्या बढेर चारसयको हाराहारीमा पुगेको बताउनुभयो । 

बिरामीको चाप बढेसँगे भेरी अस्पतालमा बिरामीहरूलाई बेड पाउन समस्या भइरहेको छ । सूचना अधिकारी डा. रिसालले अस्पतालमा आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरूमा बिरामी भरिभराउ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भेरीमा बिरामीको चाप यस्तो छ कि आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरू भरिएका छन्, अन्य बेला यस्तो हुँदैनथ्यो । तर अहिले नयाँ बिरामी आए उपचारमा समस्या छ ।’

भेरी अस्पतालसँगै नेपालगन्जस्थित नर्सिङ होम, वेस्टर्न अस्पताल, सिद्धार्थ अस्पताल, मेडिकल कलेज कोहलपुर लगायतका अस्पतालमा बिरामीको चाप अहिले अत्यधिक बढेको छ । 

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, हात गोडा बाउँडिने, हात गोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने हुँदा सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन् । अहिले नेपालगन्जको तापक्रम ४३ डिग्री भन्दा बढी नै हुने गरेको छ । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…