Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

रक्तदान अभियन्ता जायसवाललाई शतक रक्तदाताको सम्मान

सम्वाददाता

सम्वाददाता

रक्तदान अभियन्ता जायसवाललाई शतक रक्तदाताको सम्मान
ADVERTISEMENT

नेपालगन्ज, १ असार : रक्तदान अभियानमा सक्रिय नेपालगन्जका सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ । उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो । 

जनमत अर्ध साप्ताहिकले आयोजना गरेको रक्तदान कार्यक्रममा जायसवालले सय पटक रक्तदान गर्नुभएको हो । उहाँ सय पटक रक्तदान गरेर समाजका अन्य युवाका लागि एक दरिलो उदाहरण बन्नु भएको छ । सय पटक रक्तदान गरेकोमा उहाँलाई जनमत शतक रक्तदाताको रुपमा सम्मान समेत गरिएको जनमत अर्ध साप्ताहिकका सम्पादक पुर्णलाल चुकेले बताउनुभयो । 

बाँके र बर्दियामा अहिलेको समयमा पहिलो रक्तदाताको रुपमा परिचित जायसवालले आफूले अझै धेरै पटक रक्तदान गर्ने चाहना रहेको बताउनुहुन्छ । उहाँले जिल्लाका ग्रामिणस्तरमा रहेका युवाहरुलाई रक्तदानका लागि जागरुक गराउँदै आउनुभएका क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । 

रक्तदाता जायसवालले २०४६ साल असोज ४ गते नेपालगन्ज जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभएको थियो । आफ्नो रगतबाट धेरैको ज्यान जोगिएको सुन्दा अति नै सन्तुष्टि मिल्ने गरेको उहाँको भनाइ छ । उहाँले रक्तदानको अभियानलाई व्यापक बनाउन बाँके र बर्दियाका सबै स्थानीय तहमा नेपाल स्वयंसेवी रक्तदाता समाज संस्था गठन गराई सक्रिय बनाउनुभएको छ । 

जायसवाल नेपालगन्जस्थित कृष्णसार एफ एममा आबद्ध हुनुहुन्छ भने गोरखापत्रमा अवधी भाषाको श्रृखंलामा समाचार, लेख रचना समेत गर्दै आउनुभएको छ । 

–––
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…