Pairabi logo

असोज २६, २०८३, सोमबार                    

रक्तदान अभियन्ता जायसवाललाई शतक रक्तदाताको सम्मान

सम्वाददाता

सम्वाददाता

रक्तदान अभियन्ता जायसवाललाई शतक रक्तदाताको सम्मान
ADVERTISEMENT

नेपालगन्ज, १ असार : रक्तदान अभियानमा सक्रिय नेपालगन्जका सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ । उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो । 

जनमत अर्ध साप्ताहिकले आयोजना गरेको रक्तदान कार्यक्रममा जायसवालले सय पटक रक्तदान गर्नुभएको हो । उहाँ सय पटक रक्तदान गरेर समाजका अन्य युवाका लागि एक दरिलो उदाहरण बन्नु भएको छ । सय पटक रक्तदान गरेकोमा उहाँलाई जनमत शतक रक्तदाताको रुपमा सम्मान समेत गरिएको जनमत अर्ध साप्ताहिकका सम्पादक पुर्णलाल चुकेले बताउनुभयो । 

बाँके र बर्दियामा अहिलेको समयमा पहिलो रक्तदाताको रुपमा परिचित जायसवालले आफूले अझै धेरै पटक रक्तदान गर्ने चाहना रहेको बताउनुहुन्छ । उहाँले जिल्लाका ग्रामिणस्तरमा रहेका युवाहरुलाई रक्तदानका लागि जागरुक गराउँदै आउनुभएका क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । 

रक्तदाता जायसवालले २०४६ साल असोज ४ गते नेपालगन्ज जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभएको थियो । आफ्नो रगतबाट धेरैको ज्यान जोगिएको सुन्दा अति नै सन्तुष्टि मिल्ने गरेको उहाँको भनाइ छ । उहाँले रक्तदानको अभियानलाई व्यापक बनाउन बाँके र बर्दियाका सबै स्थानीय तहमा नेपाल स्वयंसेवी रक्तदाता समाज संस्था गठन गराई सक्रिय बनाउनुभएको छ । 

जायसवाल नेपालगन्जस्थित कृष्णसार एफ एममा आबद्ध हुनुहुन्छ भने गोरखापत्रमा अवधी भाषाको श्रृखंलामा समाचार, लेख रचना समेत गर्दै आउनुभएको छ । 

–––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…