Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

विश्व रक्तदाता दिवस मनाइयो

सम्वाददाता

सम्वाददाता

विश्व रक्तदाता दिवस मनाइयो
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा, 
नेपालगंज ३२ जेष्ठ “रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद” भन्ने मुल नाराका साथ आज विश्व रक्तदाता दिवस मनाइएको छ । 

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४जुनका दिन विश्व रक्तदाता दिवस मनाइन्छ । सदा झै यस वर्ष पनि १४ जुनका दिन रक्तदान कार्यक्रम गरी दिवस मनाइएको छ । सन् २००४ मा पहिलो पटक विश्व रक्तदाता दिवस मनाइएको थियो । 

रगतको वैकल्पीक व्यवस्था हालसम्म वैैज्ञानिकहरु पता लगाउन नसकेको अवस्थामा घाइते वा विरामीलाई मानिस कै रगत जरुरी हुने डाक्टरहरुले बताउँछन् । 

दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा प्राजातन्त्रीक उद्योग व्यवसायी संघले ७६ पिन्ट र स्वयंसेवी रक्तदाता समाजले १६ पिन्ट रक्तदान गरेका हुन । यसैगरी दिवसको पूर्वसन्ध्यामा जनमत अद्र्धसाप्ताहिक, एसओएस ने।ग। र नेपाल स्वयंसेवी रक्तदाता समाजले ४१ पिन्ट रक्तदान गरेका हुन । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगंज ९भेरी अस्पताल परिसर०,  कोहलपुर मेडिकल कलेज र शुशिल कोइराला पखर क्यान्सर अस्पतालमा रक्त संचार युनिट संचालन भइरहेको छ । उक्त केन्द्रहरुबाट बार्षिक १९ हजार पिन्ट भन्दा बढी रगत वितरण हुने गरेको छ । दैनिक करिब १२० पिन्ट भन्दा बढी रगतको माँग हुने गरेकोमा ९० पिन्टसम्म रगत पूर्ति हुने गरेको रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो ।

दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके जिल्लामा अस्पतालको संख्या बृद्धि संगै रगतको माँग दिन प्रतिदिन बढदै गइरहेको छ । त्यो अवश्यकता पूर्ति संस्थागत र स्वयंसेवी रक्तदाताबाट मात्र सम्भव हुने कुरा उल्लेख गर्दै मानवीय कार्यमा योगदान गर्ने सबै रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । 

बाँके जिल्लाका निवासी स्वयंसेवी पुरुष रक्तदाता गोपीनाथ वैश्य १५६ पटक, पवन जैसवाल १०० पटक र स्वयंसेवी महिला रक्तदाता सरिता देवी ज्ञवाली शर्माले ७७ पटक रक्तदान गरि इतिहास रचेका हुन । उहाँहरुलाई दिवसका अवसरमा जनमत अर्धसाप्ताहिक र प्राजातन्त्रीक उद्योग व्यवसायी संघले सम्मान गरेका छन् । 

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी तथा सदस्य, कर्मचारी, विभिन्न संघसंसस्थाका प्रमुख, प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…