Pairabi logo

पुस १३, २०८२, आइतबार                    

रानीतलाउ विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक वितरण

सम्वाददाता

सम्वाददाता

रानीतलाउ विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक वितरण
ADVERTISEMENT

नेपालगन्ज, १० जेठ । नेपालगन्जस्थित श्री नेरा प्रावि रानीतलाउका विद्यार्थीहरुलाई पोषक वितरण गरिएको छ । उक्त विद्यालयका पुर्व विद्यार्थी समाजसेवी सुदन माया भट्टराईले स्थापना गर्नुभएको रमा रुद्र सेवा कोषमार्फत विद्यालयमा अध्ययनरत ५० जना बालबालिकाहरुलाई पोशाक सेट वितरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुलाई उक्त सेट वितरण गरेको सुदन भट्टराईले बताउनुभयो । 

५० जना विद्यार्थिहरुका लागि उपलव्ध गराइएको स्कुल पोशाकमा टिसर्ट, ट्रयाक सुट र जुत्ता मोजा गरी रु ६५ हजार मुल्य बराबरको रहेको छ ।  

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडाका अध्यक्ष प्रशान्त श्रेष्ठले आफनो टोलमा स्थापित यस विद्यालयलाई विषयगत क्षेत्रको रुपमा प्रभावकारी व्यवस्थापन गर्न नयाँ योजना निमार्ण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–‘यो विद्यालयलाई पहिला महेन्द्र माविमा मर्ज गर्ने बेलामा मैले रोकेको थिए, अब यसलाई विशेष विषयगत नमुना विद्यालय बनाउने पहल गरेको छु ।’ 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फरिदुल हक, नेपालगन्जका पुर्वमेयर बरिष्ठ अधिवक्ता विजय गुप्ता, विद्यालयका प्रधानाध्यापक जय लक्ष्मी श्रेष्ठ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी लगायतले समाजसेवाको भावनाले बालबालिकाहरुलाई पोशाक वितरणको कार्यको पंशासा गर्दै शिक्षाको गुणस्तरियतामा जोड दिनुभएको थियो । 

समाजसेवी सुदन भट्टराईले आफ्नो बुवा आमाको नाममा उक्त कोष स्थापना गरि सामाजिक कार्य गर्दै आउनुभएको छ । पोशाक वितरण पश्चात बिद्यालयले पुर्व विद्यार्थी भट्टराईलाई सम्मान गरेको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …