Pairabi logo

असोज २६, २०८३, सोमबार                    

पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइदै

सम्वाददाता

सम्वाददाता

पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइदै
ADVERTISEMENT

नेपालगन्ज, १० जेठ : बाँकेमा ३५ हजार ७ सय ५ बालबालिकालाई पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ । त्यसका लागि २ सय ४३ वटा खोप केन्द्र तोकिएको छ । यस्तै २ सय ४३ जना खोप दिने स्वास्थ्यकर्मी र ४ सय ८६ जना स्वास्थ्य स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय बाकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । 

उहाँका अनुसार यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा वि.सं. २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिइने छ । सकेसम्म २४ गतेभित्र लक्षित सम्पूर्ण बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

जिल्ला खोप संयोजक नरेश श्रेष्ठका अनुसार बाँकेका आठ वटै पालिकामा एकैसाथ खोप सञ्चालन हुनेछ । नेपालगन्जमा ९ हजार १ सय २९, डुडुवामा १ हजार ९ सय ६३, कोहलपुरमा ८ हजार, जानकीमा २ हजार १ सय २३, खजुरामा ४ हजार ९ सय ६१ जना, बैजनाथमा ३ हजार १ सय ३१, राप्तीसोनारीमा ३ हजार २ सय ३१ र नरैनापुरमा ३ हजार १ सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

जिल्ला खोप समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्रकुमार चौधरीले लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयमा केन्द्र राखेर खोप लगाउनुपर्नेमा जाड दिदै पोलियो खोपलाई प्रभावकारी बनाउन नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । 

पोलियो भएकामध्ये ३ प्रतिशत बालबालिकालाई पक्षघात हुने र त्यसको उपचार नभएकाले सङ्क्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ ।
–––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…